३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

राजनितिक संस्कार सिकेर मात्र राजनिती गर्न नेपालका कम्युनिस्टलाई काङ्ग्रेस नेता केसीको आग्रह



अनुज खड्का
माघ १९, सोलुखुम्बु

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम पुर्वमन्त्री बलबहादुर केसीले नेपालका कम्युनिस्टहरूलाई राजनितिक संस्कार सिकेर मात्र राजनिती गर्न आग्रह गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय कमिटिको निर्णय अनुसार आज सोलुखुम्बु जिल्लामा रहेका काङ्ग्रेसका भ्रातृसंघठनहरूको आयोजनामा भएको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताउनु भएको हो ।

जनताले दिएको मतको अबमुल्यन गर्दै सार्वभौम संबिधान कुल्चने काम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले गरेको भन्दै नेता केसीले, त्यसको बिरोधमा काङ्ग्रेस निरन्तर सडक संघर्षमा होमिने स्पष्ट पार्नुभएको छ । जसका निम्ति उहाँले आफ्ना भ्रातृ संघसंघठनहरूलाई अझै सशक्त ढंगले सडकमा उत्रन आह्वान समेत गर्नुभयो ।

नेकपा सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र त्यसको मुहान नै सिंहदरबार भएकाले स्थानिय तहका छोटे सरकारहरूको बिरोध गर्नुभन्दा सिधै सिंहदरबारकै बिरोध गर्नुपर्ने नेता केसीको भनाई छ । नेपाली काङ्ग्रेसले कसै गर्दापनी कम्युनिस्टलाई लोकतान्त्रिक बनाउन नसकेको दाबी गर्दै उहाँले पहिला राजनितिक संस्कार सिकेर मात्र राजनिती गर्न कम्युनिस्टहरूलाई आग्रह गर्नुभएको हो ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.