अनुज खड्का
माघ १३, सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिममा अवस्थित मुनस्टार क्लबको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा अध्यक्ष भुपालसिंह राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बिच क्लबको भवन उद्घाटन गरिएको हो । १२ लाखको कुल लागतमा निर्माण भएको भवनको उद्घाटन वडाध्यक्ष राईले नै गरेका हुन । भवनका निम्ति स्थानिय खुम्बुधन राईले नि:शुल्क जग्गा दान गरेका थिए भने लागत खर्च स्थानिय समाजसेवी एबम बिभिन्न राजनीतिक दलका नेताहरू मार्फत संकलन गरिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा सबै सहयोगीहरूलाई क्लबद्वारा ताम्रपत्रले सम्मान समेत गरिएको छ ।