४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

तरुण दल तिङ्लाद्वारा संसद बिगठन विरुद्ध बिरोध प्रदर्शन



अनुज खड्का
माघ १०, सोलुखुम्बु

तरुण दल तिङ्लाले संसद बिगठन विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको भन्दै तिङ्लामा बिरोध प्रदर्शन गरिएको हो ।

पार्टीभित्रको आन्तरिक विवादका कारण संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले संसद बिगठन गरेर देशमा राजनितिक अस्थिरता निम्त्याएको भन्दै तरुण दल तिङ्लाले बिरोध कार्यक्रमको आयोजना गरेको हो । जसमा नेपाली काङ्ग्रेस समर्थित नेता कार्यकर्ताहरूले नेकपाले देशलाई आर्थिक भार थपेको समेत बताएका छन ।

देशमा स्थायित्व र दिगो बिकासको खाचो रहेको बेला नेकपा भित्रको बिवादका कारण राज्यको ढुकुटीबाट ३० अर्ब भन्दा बढी रकम खर्च हुने गरि मध्यावधि चुनाबको घोषणा गर्नु कुनैपनी कोणबाट सहि नभएको तरुण दल तिङ्लाका अध्यक्ष फुर्वा शेर्पाले बताएका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समेतले स्थायित्व र दिगो बिकासको निम्ति प्रतिपक्षमा रहेर पनि सरकार संचालनको निम्ति सहयोग गरिरहेको परिप्रेक्षमा प्रधानमन्त्री ओलीका सनककै भरमा संसद बिगठन गरिनु र धारा ७६ को अन्य धारालाई बेवास्ता गर्दै सिधै उपधारा ७ मा गएर मैदान नै मास्ने काम गरेकाले ओलीको कदम गैरसंबैधानिक र अलोकतान्त्रिक भएको शेर्पाको ठहर छ ।

देशमा कोरोना भ्याक्सिन खरिदका लागि सरकारले चन्दा उठाउने र अनावश्यक तथा असंबैधानिक मध्यावधि निर्वाचनमा ३० अर्ब भन्दा बढी रकम राज्यकोषबाट खर्च गरिनु लज्जास्पद भएको तरुण दल तिङ्लाले जनाएको छ । 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : २९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.