पत्रकारसङ्ग प्रशासन, सहयोग लिने-दिने सहमती
अनुज खड्का
माघ ०१, सोलुखुम्बु
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लामा कृयाशिल पत्रकारहरूसङ्ग अन्तरकृया गरेको छ । जिल्लाका यावत बिषयबस्तु उपर प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले अन्तरकृया गरेका हुन ।
जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरकृयामा प्रमुख जिल्ला अधिकारी शाहीले पत्रकारहरूसङ्ग हातेमालो गरेर सुशासन, पारदर्शिता र जिल्लाको शान्तीसुरक्षाका सवालमा उपलब्धीमुलक काम गर्ने जनाएका छन । पत्रकारहरूसङ्ग भएका सुचना प्रशासनलाई उपलब्ध गराउने र प्रशासन मातहतका सरकारी निकायको सुचना तथा समाचार पत्रकारलाई उपलब्ध गराएर अघि बढ्ने शाहिले बताएका हुन ।
पत्रकार महासंघका अध्यक्ष मनोज श्रेष्ठले सोलुखुम्बुमा तत्काल देखिएका समस्याहरूको सन्दर्भमा प्रशासनलाई जानकारी गराएका छन । त्यस्तै अन्य पत्रकारहरूले पनि आफ्नो भनाई राख्दै प्रशासनलाई सुझाव दिएका हुन ।
यो मौसममा पत्तालेमा सवारी आवगमनमा समस्या रहेकाले उच्च सतर्कता अपनाउन ट्राफिक प्रहरी मार्फत सुचना सम्प्रेषण गर्ने, प्रेसपास नबिकरणका लागि जिल्ला हुलाकलाई प्राप्त अधिकारको प्रयोग गर्दै जिल्लामै नबिकरण गराउने, नबनिर्मित सल्लेरी बजारको सडकको गुणस्तर जाच गर्ने, बजार अनुगमनलाई नियमित र थप प्रभाबकारी बनाउने, बजार क्षेत्रभित्र अवस्थित सडक आसपास घडेरी सम्याउदा सडकमा पुगेको क्षतिको मुल्यांकन गर्ने र क्षतिपूर्तिको पहल गर्ने, सवारी पार्किङलाई ब्यबस्थित बनाउने र सबै सरकारी कार्यालयका सुचना अधिकारीहरूलाई नियमित पत्रकारहरूको सम्पर्कमा रहन आग्रह गर्ने लगायतका बिषयहरूमा प्रमुख जिल्ला अधिकारी शाहि सकारात्मक देखिएका छन । त्यसका अलावा सल्लेरी च्याल्सा बिधुत कम्पनीसङ्ग समन्वय गरेर सल्लेरी बजारमा रहेको अब्यबस्थित तारपोलहरूलाई थप ब्यबस्थित र सुरक्षित बनाउन पहल गर्ने पनि शाहिले बताएका छन ।
पत्रकारहरूले सुचना अधिकारीको फोन नलाग्ने र सरकारी कार्यलयबाट सुचना प्राप्त गर्न जटिल भएको बिषय शाही समक्ष राखेका थिए । तत्पश्चात शाहिले सुचनाको सवालमा कुनैपनि कार्यालयले कन्जुस्याई नगर्न निर्देशन दिने भनाई राखेका छन ।
गणेश बिक्रम शाही प्रमुख जिल्ला अधिकारीको रुपमा सोलुखुम्बु आएपछी उनले गरेका केही महत्वपुर्ण कामहरूको प्रसंशा समेत गरिएको छ । शाहिले आफ्नो जिम्मेवारी सम्हालेसङ्गै जिर्ण अवस्थामा रहेको प्रशासन भवनलाई मर्मत सम्भारको काम गरेका थिए । जसअन्तरगत मक्किएका खाबाहरू फेर्ने, आधुनिक प्रबिधिको सिलिङ लगाउने र शौचालयलाई सुधार गरि आधुनिक बनाउने काम उनले गरेका हुन ।
त्यस्तै हिजो भएको अन्तरक्रिया कार्यक्रम पश्चात् जिल्ला प्रशासन कार्यलयमा चाईनाबाट आएको कोभिड-19 रोकथामका स्वास्थ्य सामाग्रीहरू पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज श्रेष्ठलाई हस्तान्तरण समेत गरिएको छ । जसमा सर्जिकल मास्क १५ सय थान, केएन ९५ मास्क ७ सय २० थान र सेनिटाईजर १० थान रहेको छ । कोभिडको जोखिममा पत्रकारहरू पनि अग्रपंक्तिमा रहेकाले सुरक्षाको निम्ति उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको प्रशासनले जनाएको छ ।