२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

लोडसेडिङ अन्त्यको ढोका खुल्यो, साल्मेका श्रेष्ठले प्रदान गरे नि:शुल्क जग्गा



अनुज खड्का
पौष २९, सोलुखुम्बु

सोलुखुम्बुको सदरमुकाम सल्लेरी र आसपासका ईलाकामा लोडसेडिङ अन्त्यको ढोका खुलेको छ । साल्मेका राजेन्द्र कुमार श्रेष्ठले बिधुत जडानको निम्ति पोल गाड्न सल्लेरी च्याल्सा बिधुत कम्पनीलाई नि:शुल्क जग्गा प्रदान गर्ने भएपछी लोडसेडिङ अन्त्यको बाटो खुलेको हो ।

सल्लेरी च्याल्सा बिधुत कम्पनीले नेपाल बिधुत प्राधिकरणसङ्ग आवस्यकता अनुसार २ मेघावाट भन्दा बढि बिधुत खरिद गरि नगरपालिका क्षेत्रको लोडसेडिङ अन्त्यको पहल गरेको थियो । तर नेपाल बिधुत प्राधिकरणको बिधुत खरिद गरेर ल्याउने रुटमा पर्ने जग्गाधनीसङ्ग कुनै समन्वय नै नगरी पोल गाढ्ने र तार टाँग्ने भएपछी जग्गाधनी श्रेष्ठले जिल्ला अदालत सोलुखुम्बुमा रिट हालेका थिए । सो रिट माथी सुनुवाई गर्दै अदालतले माघ २ गतेसम्म यसउपर कुनैपनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो । तर साल्मेमा राजकुमार प्रधानको विशेष पहलमा जग्गाधनीलाई झिकाई सो बिरोधको निकास निकालिएको हो ।

जग्गाधनिका अनुसार नागरिकको कदर नगरी सल्लेरी च्याल्सा बिधुत कम्पनीले जबरजस्ती आफ्नो जग्गा प्रयोग गर्न लागेको र समन्वय गर्न खोज्दा उल्टै धाकधम्की दिएकाले कानुनी उपचारको पहल गरिएको हो । अन्यथा बिकास बिरोधी भावनाले लोडसेडिङ अन्त्य गर्ने कार्यमा अड्चन गर्न नखोजिएको जग्गादाता श्रेष्ठले बताएका छन ।

पछिल्लो सहमती अनुसार श्रेष्ठले अस्थाई रुपमा नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन नआउदासम्म लोडसेडिङ अन्त्यका लागि सल्लेरी च्याल्सा बिधुत कम्पनीलाई तारपोलको लागि जग्गा उपलब्ध गराएका छन । यो सहमतीसङ्गै उनले दायर गरेको रिट पनि फिर्ता भएको छ । उनको यस कार्यले आफ्नो वडामा लोडसेडिङ अन्त्य हुने भएपछी सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्षले श्रेष्ठलाई खादा ओढाएर सम्मान समेत गरेका छन ।

सल्लेरी च्याल्सा बिधुत कम्पनीलाई अब बिधुत खरिद गरि बितरण गर्न प्राबिधिक अड्चन नरहेकाले यथाशीघ्र लोडसेडिङ अन्त्य गर्न साल्मेका समाजसेवी राजकुमार प्रधानले आग्रह गरेका छन । भईपरी आउने समस्यामा आफ्नो तर्फबाट र वडाको तर्फबाट सबैखाले सहयोग गर्ने वडा नम्बर ६ दोर्पुका वडा अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी गराएका छन । यो लोडसेडिङ अन्त्यको अस्थाई समाधान भएकाले स्थाई समाधानका लागि नेपाल बिधुत प्राधिकरणको ग्रामिण बिधुतिकरणलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने पनि वडाअध्यक्ष श्रेष्ठले बताएका हुन ।

यता सल्लेरी च्याल्सा बिधुत कम्पनीले भने लोडसेडिङ अन्त्यका लागि २ महिनाको समय माग गरेको छ । २ महिना पश्चात् बिधुत महसुस समेत घटाउने कम्पनीले बताएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १० : १३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.