६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

संविधान रक्षार्थ नेपाली काङ्ग्रेस खोटाङ सडक संघर्षमा, संसद बिगठन अलोकतान्त्रिक



अनुज खड्का
पौष २६, खोटाङ

संविधान रक्षार्थ नेपाली काङ्ग्रेस खोटाङ सडक संघर्षमा उत्रीएको छ । नेपाली कांग्रेस खोटाङले प्रदेश सभा ‘क’मा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध भब्य प्रदर्शन गर्दै सडक संघर्ष मार्फत संसद बिगठनको बिरोध जनाएको हो ।

शनिबार रावाबेसी गाउपालिकाको केन्द्र हरमटारमा नेपाली काङ्ग्रेसले बिरोध प्रदर्शन गरेको हो । सयौं कार्यकर्तासहित नारावाजीमा उत्रिएका प्रदर्शनकारीले ओली सरकारविरुद्ध चर्का नारा लगाएका छन् ।

देशले स्थायित्व र दिगो बिकासको गन्तव्य पहिल्याउदै गरेको समयमा पार्टीभित्रको आन्तरिक झमेलाका कारण संविधानको प्राब्धान बिपरित गरिएको संसद बिगठनले जनताको सपना माथी कुठाराघात गरेको नेपाली काङ्ग्रेस खोटाङको ठहर रहेको छ । ओलीको सो हठी कदमका बिरुद्ध खोटाङ काङ्ग्रेसले सुरुवाती दिन देखि नै बोरोध जनाउदै आएको छ ।

गत पौष ५ गते प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले अप्रत्याशित रुपमा संसद बिगठनको सिफारिस राष्ट्रपती समक्ष पेश गरेका थिए । उक्त सिफारिस उपर कुनैपनी कानुनी सल्लाह बिना नै राष्ट्रपति कार्यालयले तत्काल संसद बिगठन गरेको प्रती काङ्ग्रेसले आपत्ती जनाउदै आएको हो ।

नेपाली काङ्ग्रेसलाई सत्ताको लोभ भन्दापनि संविधानको मर्म रक्षाको बिषय प्रमुख भएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवन राईले बताएका छन । संसद बिगठन पश्चात् सत्ता संचालनको संघारमा उभिएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बर्तमान समयमा सत्ताको लोभ भन्दापनी ओलीले संविधान बिपरित र अलोकतान्त्रिक ढंगले गरेको संसद बिगठनको बिरोधलाई प्राथमिकतामा राखेको नगरप्रमुख राईले बताएका हुन । देशमा थिती र विधि नै नरहने र कुनै एक ब्यक्तीको सनकका भरमा संसद बिगठन जस्तो गैरसंबैधानिक कदम चालिने हो भने, बिकास र निकास सम्भब नभएको राईको भनाई छ ।

हरमटारमा भएको बिरोध कार्यक्रममा खोटाङ जिल्लाका नेपाली काङ्ग्रेसका अन्य नेताहरूले पनि आफ्नो धारणा राखेका थिए । जसमध्य सुबास पोखरेल, बिमला राई लगायत अन्य नेता तथा कार्यकर्ता रहेका थिए । सबै नेता तथा कार्यकर्ताले ओलीको सर्वसत्तावादी र अधिनायकवादी चरित्रको कडा निन्दा गरेका छन । उनिहरूले ओलीद्वारा गणतन्त्र र लोकतन्त्र नै मास्ने काम भएको बताएका हुन ।

प्रधानमन्त्री ओली र नेकपाको सरकारविरुद्ध कांग्रेसले देशभरि प्रदर्शन गरेको छ । प्रदर्शनमा लाखौँ नेता कार्यकर्ता सहभागी भएका छन् । जसमध्य खोटाङमा पनि सयौ नेता कार्यकर्ता सडक संघर्षमा उत्रीएका हुन ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ४६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.