८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रधानमन्त्री ओलीका विरुद्ध नेकपा सोलुको बिशाल जुलुस, हजारौ मानिस सडकमा



अनुज खड्का
पौष १४, सोलुखुम्बु ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको घोर निन्दा गर्दै नेकपा सोलुखुम्बुले आज विशाल जनसभा गरेको छ । संविधानलाई नै नष्ट गर्ने गरि ओलीले संसद बिगठन गरेकाले नेकपाले देशैभर आज बिरोध कार्यक्रमको आयोजना गरेको हो । सोही अनुसार सोलुखुम्बुमा पनि विशाल जुलुस सहितको जनसभा आयोजना गरिएको छ ।

जुलुसमा हजारौ नेकपाका नेता तथा कार्यकर्ताहरू उपस्थित भएका छन । उनिहरूले केपी ओलीको संसद बिगठन गर्ने असंवैधानिक निर्णयको कडा प्रतिवाद गरेका छन । देश र जनताको हित बिपरित गरिएको संसद बिगठन नेकपाले नभई केपी शर्मा ओलीले आफ्नो सनकको कारण गरेको नेकपा सोलुखुम्बुका नेताहरूले बताएका छन ।

संविधान माथिको यो प्रहार कुनैपनी हालतमा क्षम्य नहुने भन्दै नेकपाका नेता तथा कार्यकर्ता सडकमा उत्रीएका हुन । बिरोध सभाले सल्लेरी देखि फाप्लुसम्म मोटरसाईकल र्याली आयोजना गरि नयाबजारसम्म जुलुस प्रदर्शन गरेको हो । अहिले उक्त जुलुस जिबिस सभाहल अगाडि कोणसभामा परिणत भएको छ । कोणसभालाई नेकपाका विभिन्न तहका नेताले सम्बोधन गरिरहेका छन ।

बिरोध कार्यक्रममा बोल्दै नेकपा सोलुखुम्बुका पुराना नेता आङङिमा शेर्पाले प्रधानमन्त्री र राष्ट्रपतिको संबिधान बिपरितको कार्यको घोर भत्र्सना गर्नुभएको छ । त्यस्तै सोलुखुम्बुका प्रतिनिधि सभाका सदस्य माननीय हेमकुमार राई सुरबिरले यो ब्यबस्था आफूहरूले लडेर ल्याएको ब्यबस्था भएकाले राजसंस्थालाई जदौ गर्दै हिडेका ओलीले यसलाई समाप्त पार्न खोजे यसको कडा प्रतिवाद हुने भनाई राख्नुभएको छ ।                                                                      प्रधानमन्त्री ओलीले संविधान माथी “कु” गरेपनी देशको मुहार फेर्ने काम नेकपा सरकारले नै गर्ने र आधिकारिक नेकपा आफूहरू नै भएको माननीय सुरबिरले बताउनुभएको छ । त्यसैले आफूहरू एकताको पक्षमा पुर्ण ईमान्दार रहेकाले नेकपाका कार्यकर्ताहरू बिचलित नहुन पनि उहाँले आग्रह गर्नुभएको छ ।                                               बिरोध कार्यक्रममा ओलीको नाममा शङ्ख समेत बजाइएको छ । कोणसभा पश्चात् नेकपाको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम समेत रहेको छ । अहिले जिल्ला समन्वय समितिको सभाहल अगाडि कोणसभा भईरहेको छ ।

 


 

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ०० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.