१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

संविधान रक्षार्थ सोलु काङ्ग्रेस पनि सडक संघर्षमा उत्रीने



अनुज खड्का
पौष ११, सोलुखुम्बु

नेपाली काँग्रेस सोलुखुम्बुले अप्रत्याशित रुपमा भएको संसद बिगठन विरुद्ध सडक संघर्ष गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिम कदम बिरुद्द सदरमुकाम सल्लेरीमा काङ्ग्रेसले बिरोध प्रदर्शन गर्नेभएको हो ।

संबिधानमा उल्लेख नै नभएको अधिकारको प्रयोग गर्दै अलोकतान्त्रिक ढङ्गबाट प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध जिल्ला कार्यसमितिको आयोजनामा आगामी सोमबार बिरोध प्रदर्शन गर्न लागिएको नेपाली काँग्रेस सोलुखुम्बुले जनाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पुर्व सभासद बलबहादुर केसीको नेतृत्वमा विरोध प्रदर्शन गर्ने तयारी रहेको बताइएको छ । काँग्रेस केन्द्रीय समितिको बैठकले पौष १३ गते संसद विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय छ । सोही निर्णय बमोजिम सोलुखुम्बुमा समेत काङ्ग्रेस सडकमा उत्रने भएको हो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : ४३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.