अनुज खड्का
पौष ०८, सोलुखुम्बु
नेकपाको तेस्रो केन्द्रिय कमिटिको बैठकबाट सोलुखुम्बुका ५ जना नेता कार्यकर्ता केन्द्रिय कमिटिमा मनोनीत भएका छन । मनोनित हुनेमा सोलुखुम्बु प्रदेश “ख” का सांसद तथा नेकपा प्रदेश १ कमिटिका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेकपा सोलुखुम्बुका बर्तमान पार्टी अध्यक्ष मानबिर राई, सोनाम ग्याल्जेन शेर्पा ( नाम्चे ), प्रदेश सांसद उत्तम कुमार बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राईलाई रहेका छन ।
संघिय संसद बिगठनपछि शक्ति सन्तुलनका क्रममा नेकपाका केन्द्रिय अध्यक्ष एबम निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट सोलुखुम्बुका ५ नेताकार्यकर्ता केन्द्रिय कमिटिमा मनोनित भएका हुन । तथापी संसद पुनःबहालीको माग सहित नेकपाका अर्का निबर्तमान अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड तथा नब अध्यक्ष माधब कुमार नेपालको पक्षले सडक संघर्ष गरिरहेको छ । निवर्तमान प्रधानमन्त्री ओलीको संसद बिगठन गर्ने निर्णय गैरसंवैधानिक र गणतन्त्र बिरोधी भएको भन्दै प्रचण्ड र नेपाल पक्षले ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि कार्वाहि समेत गरेको छ । तर दुबै पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा रहेको दाबी गरिरहेका छन । यसको टुङ्गो भने निर्वाचन आयोगले लगाउने बताईएको छ । अहिले प्रचण्ड-नेपाल पक्ष र ओली पक्ष दुबैले आफूलाई नेकपा भनिरहेका छन । केन्द्रीय तहमा बिभाजित भएपनि सोलुखुम्बुमा एक रहने प्रतिबद्धता गरेका नेकपाका नेताहरू पछिल्लो राजनितिक समिकरणसङ्गै कित्ताकाटको स्थितिमा पुगेका हुन ।