९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

संसद बिगठन विरुद्ध सोलुमा प्रदर्शन, गणतन्त्रका पक्षधर एक हुन आग्रह



अनुज खड्का
पौष ०६, सोलुखुम्बु

संघिय संसद बिगठनका विरुद्ध सोलुखुम्बुका नेपाल कम्युनिस्ट पार्टीका जनबर्गिय संगठनहरूले बिरोध प्रदर्शन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित रुपमा गरेको संसद बिगठन देशको संविधान बिपरित रहेको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिधादेवी भण्डारीले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको हत्या गरेकाले, सडकमा आउनुपरेको नेकपाका युवाहरूले बताएका छन । जनमतको अबमुल्यन हुने गरि संबिधानको कुनै बुदामा नभएको अधिकार प्रयोग गर्दै संसद बिगठनको सिफारिस गरिनु र राष्ट्रपतीद्वारा बिना सोचिसम्झी सिफारिस उपर कदम चालिनुलाई गणतन्त्र माथी “कु” गरेको बिरोध कार्यक्रमको निष्कर्ष छ ।

संसद बिगठनका विरुद्ध राष्ट्रिय युवासंघ, जनसास्कृतिक महासंघ र जनक्रान्तीका घाईते तथा सहयोद्धा संघ लगायत जनबर्गिय संगठनहरूले एकसाथ बिरोध प्रदर्शन गरेका हुन ।
संबिधानमा संसद बिगठनको प्राबधान नै नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक निर्णयको कडा प्रतिवाद गर्न बिरोध प्रदर्शन गरिएको बताईएको छ ।

बिरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ सोलुखुम्बुका संयोजक देउता बस्नेत(देव) ले यो बिरोध प्रदर्शन पुर्व एमाले वा पुर्व माओवादीले नभई सिङ्गो नेपाल कम्युनिस्ट पार्टी नेकपाले गरेको व्याख्या गर्नुभयो । केपी ओलीको असंबैधानिक कदमको निम्ति सबै युवाहरू एकजुट हुन संयोजक बस्नेतले आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्लाका सहइन्चार्ज हेमचन्द्र राईले जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेकाले संसद बिगठनको तनाशाही एबम गैरसंवैधानिक निर्णयको जनस्तरबाटै बिरोध गर्न आग्रह गर्नुभएको छ । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै जनक्रान्तीका घाईते तथा सहयोद्धा संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष समेत रहेका पासाङ शेर्पा(कर्मा)ले नेकपामा केपी ओली प्रबृतिको अन्त्य भएको बताउनुभयो । अब नेकपा एकजुट भएर संबिधानको मूल्य र मान्यताको रक्षा गर्ने र विधि र बिधान बिपरितका गतिबिधिलाई परास्त गर्ने शेर्पाको भनाई छ ।

बिरोधमा सहभागीहरूले नेकपा फुटेको नभई ओली कित्ता समाप्त भएको बताएका छन । ओली कित्ताबाट आज केन्द्रीय सदस्य बनेका सोलुखुम्बुका नेकपाका कार्यकर्तालाई जनमतको अनादर गरेको आरोप समेत बिरोध कार्यक्रमका बक्ताहरूले लगाएका छन ।

लोकतन्त्रमा संसदको हत्या गर्न नहुने भन्दै जनसाकृतिक महासंघ सोलुखुम्बुका संयोजक विशेष खालिङले संसद पुनःबहालीको माग गर्नुभएको छ । उहाँका अनुसार संघियता बिरोधी ओली पक्षधरहरूलाई जनताले जनमत मार्फत ठेगान लगादिने छन ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.