८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

चुनाब हारेर पनि जित्नेले भन्दा धेरै जनताको सेवा गरिरहेको छु: काङ्ग्रेस नेता कार्की


३० मंसिर २०७७, मंगलबार  

0
Shares

अनुज खड्का
मङ्सिर ३०, सोलुखुम्बु

नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले आफूले चुनाब हारेपनी जित्नेले भन्दा धेरै जनताको सेवा गरेको दाबी गरेका छन । सोलुखुम्बुमा संचालित हिमाल एफएमको एक कार्यक्रममा पत्रकार भानुभक्त निरौलासङ्ग कुरा गर्दै कार्कीले यस्तो दाबी गरेका हुन ।

गएको निर्वाचनमा कार्की नेपाली काङ्ग्रेसको तर्फबाट सोलुखुम्बु प्रदेश क्षेत्र “क” का उमेदवार बनेका थिए । उक्त समयमा उनले जनतालाई चुनाब जितेपनी हारेपनी आफ्ना घोषणा पत्रमा भएका प्रतिबद्धता पूरा गर्ने जनाएका थिए । त्यसैले उक्त घोषणा पत्रमा आधारिक कतिपय कुराहरूमा आफूले सकृय ढंगबाट काम गरेको नेता कार्कीले दाबी गरेका हुन ।

त्यसका अलावा कार्कीले पार्टिभित्र गुट रहेको कुरालाई ठाडै अस्विकार गर्दै केही मतभिन्नतामा एकताको खोजी गरिरहेको बताएका छन । उनका अनुसार नेपाली काङ्ग्रेसका सबै नेताकार्यकर्ताले पार्टी बिधान र नैतिक जिम्मेवारी वा मर्यादाको ख्याल गर्ने हो भने मात्र काङ्ग्रेसभित्र रहेको गुटगत समस्याको समाधान हुने तर्क दिएका छन । यसको लागि नेपाली काङ्ग्रेस सोलुखुम्बु तयार रहेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ३० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.