अनुज खड्का
मङ्सिर २९, सोलुखुम्बु
बर्तमान नेपाली राजनितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजो देशब्यापी बिरोध कार्यक्रमको सुरुवात गर्यो । यो सुरुवात काङ्ग्रेसका निमित्त मुख्यतः अस्तित्व संरक्षणको एक हिस्सा थियो ।
बि.सं २००७ साल देखि विभिन्न स्वरुपमा सत्ता र जनताको बागडोर सम्हालेको काङ्ग्रेस पछिल्लो निर्वाचनपछि यसरी थला पर्यो कि, कतिपय ठाउमा जनताले नै काङ्ग्रेसको उपस्थिती खोज्नुपर्ने बाध्यता सिर्जना भयो । देशमा भएका भनिएका(प्रमाणित नभएका) कतिपय ठुला घोटलाहरूमा काङ्ग्रेसले तत्क्षण नै आवाज बुलन्द गरिदियोस वा प्रतिकृया जनाईदियोस भन्ने जनताको माग थियो । तर यस्तो अवस्थामा पनि काङ्ग्रेस सडक र सदन दुबैतिर मौन देखियो ।
यसले जनतामा प्रतिपक्षी दलको कमजोर छबीलाई स्थापित गरिदियो । काङ्ग्रेसका केही नेताहरू विभिन्न आमसंचारका माध्यमले घोटलाको गहिराईमा पुग्ने प्रयत्न त गरे, तर आफ्नै पार्टीका शिर्ष नेताहरूको नाम पनि जोडिएर आउने संकेत पाएपछि ती पनि चुपचाप आत्मसमर्पणको अवस्थामा मुक भईदिए ।
फेरिएको नया ब्यबस्था, यसको अस्तब्यस्तता, संस्थागत स्वरुपमै मौलाएको भ्रष्टाचार, एकात्मक शैलीको शासन सत्ताका विरुद्ध काङ्ग्रेसले कुनै आवाज निकाल्न सकेन । अब सरकार संचालन अबधी समाप्तीको अन्तिम संघारमा नेकपा उभिएको छ । झन्डै दुई तिहाई हाराहारीको शक्तिशाली सरकारका धेरैजसो बहुलठ्ठी हर्कतहरूमा आजसम्म मुकदर्शक(अप्रमाणित हिस्सेदार) बनेको नेपाली काङ्ग्रेसले सुरु गरेको बिरोध स्वरुपको शक्ति प्रदर्शनलाई धेरैले काङ्ग्रेस जागेको भनेर बुझेका छन । तर मुल मुद्दा के हो भने- यो नेपाली काङ्ग्रेस जागेको हो कि ऐठन परेर छटपटिएको हो भन्ने स्पष्ट छैन ।
बिरोध कार्यक्रममा देखिएका दृश्य, सुनिएका कुरा अनि नेपाली काङ्ग्रेसको एजेन्डा माथी बहस गर्ने हो भने काङ्ग्रेस अझै सतहमै रुमलिएको वा जनमानसलाई भ्रमीत गर्न तम्सिएको देखिन्छ । बास्तबमा यो देशब्यापी बिरोधको कुनै ठोस एजेन्डा काङ्ग्रेससङ्ग छैन । न त कुनै स्पष्ट पारमाणित मुद्दा नै छ । त्यसैले पनि यसलाई अस्तित्व रक्षाको अन्तिम हतकण्डा भन्न सकिन्छ । अझ आउदो निर्वाचनको पुर्ब तयारी भन्दा उचित हुन्छ ।
देशमा भएका भनिएका र जनताले जान्न चाहेका कुनैपनी अनियमितता र आर्थिक घोटालाका जरोसम्म पुगेर प्रमाण दिन काङ्ग्रेस असक्षम छ । मात्र बिरोधका लागि झण्डा हल्लाएर जनसमर्थन जुटाउने काङ्ग्रेसको यो प्रयास स्वतह असफल देखिन्छ । नेपाली काङ्ग्रेसको यो असफलता नै नेकपा सरकारको समयमा भएका बेथिति ढाकछोपको बलियो जग बन्ने निश्चित छ ।
नेकपा सरकारको नेतृत्वमा भएका राम्रा कार्यको समर्थन गर्दै नराम्रा कार्य प्रती खरो रुपमा जनताको पक्षमा उभिएर राजनिती गर्नुपर्ने नेपाली काङ्ग्रेस आजसम्म बोल्न सकेन । जब बोल्यो तब जनताको अपेक्षा बिपरित आफ्नै स्वार्थमा केन्द्रीत देखिनुले आउदो चुनाब पनि काङ्ग्रेसको लागि जटिल देखिन्छ ।
बिरोध कार्यक्रममा काङ्ग्रेसका केही ठुला भनिएका नेताले नै भन्न भ्याए “आउदो निर्वाचनमा काङ्ग्रेसले बहुमत सहितको सरकार निर्माण गर्ने छ ।” तर यो कुन आधार र प्रमाणमा आधारित रहेर ब्यक्त गरिएको अभिब्यक्ती हो ? त्यसको स्पष्टीकरण जनताले पाएनन । मात्र काङ्ग्रेसकै केहिथान कार्यकर्ताले थप्पडी बजाए । तर काङ्ग्रेसले किन वा के कारण बहुमतको सरकार बनाउछ भन्ने स्पष्ट एजेण्डा जनतालाई दिनुपर्दैन ? मत त्यति सस्तो छ ? एजेण्डा र नीति बिना प्राप्त गर्नलाई ?
अहिले काङ्ग्रेसले उठाएको एजेन्डा भनेको उन्नत लोकतान्त्रिक समाजवाद हो । तर यो उन्नत लोकतान्त्रिक समाजवाद भनेको के हो ? यसभित्र के-के पर्छन र यसले जनजीवनमा कस्तो प्रभाब पार्न सक्छ ? त्यसको स्पष्ट खाका कसैले प्रस्तुत गर्न सकेनन । अहिले देशामा बिधमान संघिय लोकतान्त्रिक गणतन्त्र वा कम्युनिस्ट समाजवाद र नेपाली काङ्ग्रेसको उन्नत लोकतान्त्रिक समाजवाद बिच के- के अन्तर छ ? यो जनताले बुझ्नु पर्छ कि पर्दैन ? तर काङ्ग्रेस बिषय केन्द्रीत बहस भन्दा पनि ज्यादा भ्रमपुर्ण राजनितिमा केन्द्रीत देखिन्छ । यो स्वयम् काङ्ग्रेसकै निम्ति पनि फेरि आत्मघाती गोल बन्ने निश्चित छ । त्यसैले जनता जान्न चाहन्छन “काङ्ग्रेस साच्चै ब्युझिएको हो कि सपनामा ऐठन परेर छटपटिएको हो ?