६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

देशभर काङ्ग्रेसको बिरोध प्रदर्शन, सोलुखुम्बुमा पनि बिरोध र्याली



अनुज खड्का
मङ्सिर २९, सोलुखुम्बु

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले आज देशभर बिरोध प्रदर्शन गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टि नेकपाको सरकारले जनभावना अनुसार काम नगरेको र अधिनायकबाद तर्फ उन्मुख रहेको भन्दै काङ्ग्रेसले ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको हो । त्यस्तै सोलुखुम्बुमा पनि काङ्ग्रेसको बिरोध कार्यक्रम सुरु भ​एको छ । सोलुखुम्बुको सल्लेरीमा अवस्थित नेपाली काङ्ग्रेस सोलुखुम्बुको पार्टि कार्यलयबाट बिरोध कार्यक्रम आरम्भ भ​एको नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले बताएका छन । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सोलुखुम्बुका सबै नेता कार्यकर्ता सहभागी रहेको पनि कार्कीले जानकारी दिए ।

अहिले काङ्ग्रेसको बिरोध र्याली सुरु भईसकेको छ । नेकपा सरकारको सर्वसत्ताबादी प्रक्रिति र तमाम भ्रष्टचार तथा बेथितीको बिरोधमा उक्त र्याली सल्लेरीबाट सुरु भ​एको हो । र्याली पश्चात काङ्ग्रेसका नेताले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको एक नेताले बताएका छन ।

तस्बिर- भानुभक्त उपध्याय

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.