३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सत्तारुढ नेकपा सरकार बिरुद्ध सोलु काङ्ग्रेसको बिरोध प्रदर्शन


२१ मंसिर २०७७, आइतबार  


अनुज खड्का
मङ्सिर २१, सोलुखुम्बु

नेपाली काङ्ग्रेस सोलुखुम्बुले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सरकार बिरुद्ध संघर्ष गर्ने भएको छ । नेपाली काङ्ग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले बिरोध र्याली सहित सरकारको बिरोध गर्ने भएको हो । जसका लागि काङ्ग्रेसले जिल्ला स्थित आफ्ना नेता कार्यकर्तालाई सार्वजनिल अपिल समेत गरेको छ ।

नेकपाको सरकारका समयमा भएका राम्रा कार्यको समर्थन गर्दै नराम्रा कदमहरूको खबरदारी र अनियमितताको भण्डाफोर गर्न काङ्ग्रेसले उक्त बिरोध र्याली गर्न लागेको बताईएको छ । यहि मङ्सिर २९ गते सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा काङ्ग्रेसको बिरोध र्याली आयोजना गरिएको हो । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको तनहुँमा भएको गुरफ्तारी पछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सर्कुलर नै जारी गरि प्रत्यक जिल्लामा सरकारको बिरोध गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : २५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.