चाैतारा । सामाजिक संस्था सुनाैलाे बिहानी अभियानका अध्यक्ष विकास श्रेष्ठले अाफ्नाे ३३ अाै जन्मदिन चाैतारास्थित बृद्धाश्रममा मनाएका छन् । जन्मदिनकाे अवसरमा बृद्धाश्रममा खाद्यान्न र नगद सहयाेग गर्दै अाफ्नाे जन्मदिन मनाएका हुन् ।
बृद्धाश्रममा रहेका बृद्धबृद्धासँगै केक काटेर उनले अाफ्नाे जन्मदिन सेलिब्रेसन गरे ।
सुनाैलाे विहानी अभियानका पदाधिकारी, सदस्यसँगै बृद्धाश्रम पुगेका श्रेष्ठले जन्मदिनकाे अवसरमा बृद्धाश्रमका लागि मासिक २ हजार सहयाेग गर्नेसमेत घाेषणा गरे । उनले बृद्धाश्रमका लागि ७ बाेरा चामल, ३० केजी दाल, ३ बाकस तेल, ६ बाकस बिस्कुट, चिनी, चियापत्ती, अालु, साबुनलगायत वितरण गरे ।
जन्मदिनमा अन्य स्थानमा बसेर खर्चिलाे रूपमा तडकभडक गर्नु भन्दा बृद्धबृद्धालाई सहयाेग उत्तम साेचेर याे कार्य गरिएकाे श्रेष्ठले बताए । उनले बृद्धाश्रमका लागि अावश्यक परे सहयाेग पछि पनि सहयाेग गर्ने प्रतिबद्धता जनाए । श्रेष्ठको जन्मदिनको अवसरमा भूमे संचार प्रा.ली का कार्यकारी अध्यक्ष एबम नेपाल क्युकोशिन कराते महासंघ पशुपति डोजोका प्रमुख नन्दाकुमार किराँतीले उनलाई शुभकामना दिएका छन । बृद्धअबश्थाका ब्यक्तीहरूलाई सहयोग पुग्नेगरी जन्मदिन मनाउने श्रेष्ठको कार्य अनुसरणयोग्य भएको पनि किराँतीले बताएका छन ।