१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

शेर्पा संघ सोलुद्वारा सरकारको ध्यानाकर्षण, धार्मिक सम्पदा जोगाईदिन आग्रह


१७ मंसिर २०७७, बुधबार  

0
Shares

नेपाल शेर्पा संघ सोलुखुम्बुले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत स्वयंभु क्षेत्रमा अवस्थित बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सिमा स्तम्भ, त्यसभित्र रहेको हातले धुमाउने माणे र हजार बुद्धको मुर्ती सहितको स्तूपा समेत भत्काउने निर्णय गरेको प्रती नेपाल शेर्पा संघ सोलुखूम्बूले सरकारको गम्धीर ध्यानाकर्षण गराईएको हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले काठमाण्डौस्थित चक्रपथ विस्तारको दोश्रो चरणमा शयम्भुका धार्मिक सम्पदा नष्ट गर्ने गरि योजना ल्याएकोप्रती संघले आपत्ती जनाएको छ । सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडालाई उक्त ध्यानाकर्षण पत्र आज हस्तान्तरण गरिएको हो ।

सरकारको यस्तो निर्णयले विश्व शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देशमा राज्यको ऐतिहासिक , धार्मिक, साँस्कृतिक सम्पदा प्रेमीहरुको भावनामा गम्भिर चोट पुग्न गएकोले विश्व जगतमा समेत बुद्धको मुर्ती भत्काउने निकृष्ट कार्यले नकारात्मक सन्देश प्रवाह हुने निश्चीत भएको तेन्जी शेर्पाले बताउनूभयो । विश्व सम्पदा सुचिमा सुचिकृत ऐतिहासिक धार्मिक सम्पदालाई बचाई उतम विकल्प सहितको सडक विस्तार गर्न र गराउन सम्बन्धित निकायसमक्ष अनुरोध गर्दै संघका अध्यक्ष पासाङ काजी शेर्पा पिके सहितको टोलीले जिल्ला प्रसाशन कार्यलय मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएका हुन ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ०६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.