९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सहुलियत माग्न पुगेका बिद्यार्थी क्याम्पसको शुल्कवृद्धि सुनेर अचम्मित


१६ मंसिर २०७७, मंगलबार  


अनुज खड्का
मङ्सिर १६, सोलुखुम्बु

सोलुखुम्बु बहुमुखी क्याम्पसमा अध्ययनरत बिधार्थीहरूले क्याम्पस प्रशासनसङ्ग सहुलियतको माग गरेका छन । बिश्वब्यापी महामारी कोभिड-१९ अर्थात कोरोना भाईरसका कारण मध्यम बर्गिय परिवारमा पर्न गएको आर्थिक क्षतिलाई मध्यनजर गर्दै विद्यार्थीहरूले क्याम्पस प्रशासनसङ्ग शुल्कमा सहुलियतको माग गरेका हुन । कोरोना महामारीका कारण देश लामो समयसम्म लकडाउन तथा निषेधाज्ञाको चरणबाट गुज्रीएको र प्रतिब्यक्ती आयस्तरमा अस्वभाविक गिरावट आएको समयमा बिद्यार्थीहरूले मासिक तिर्दै आएको शुल्कमा सहुलियतको माग बिद्यार्थीहरूले गरेका हुन । तर शुल्कमा सहुलियत माग्न क्याम्पस प्रशासनको शरणमा पुगेका बिधार्थीहरू शुल्कवृद्धिको खबर सुनेर अच्चम्मित भएर फर्किएका छन ।

विद्यार्थीहरूले अन्य समयमा मासिक १५ सय शुल्क तिर्दै आएकोमा अहिले शुल्कवृद्धि भएर १७ सय पुगेको जानकारी क्याम्पस प्रशासनले बिद्यार्थीलाई दिएको सोही क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्यनरत छात्र रमेश खड्काले बताउनुभयो । उहाँका अनुसार बिश्वको अर्थतन्त्रलाई नै कोभिड-१९ ले मार पारिरहेको समयमा नेपालका मध्यम बर्गिय बिद्यार्थीले पहिलेकै शुल्क तिर्न नसक्ने अवस्था रहेको भन्दै सहुलियत माग्न गएका बिद्यार्थी शुल्कवृद्धिको समाचार लिएर फर्किनुपरेको हो http://।

क्याम्पस प्रशासनले प्रशासनिक खर्च चलाउनुपर्ने बाध्यता देखाउदै बिद्यार्थीहरूको शुल्क बढाएको र सहुलियत दिन नसक्ने बताएको बिद्यार्थीहरूले जानकारी दिएका छन ।पर्यटनमा निर्भर सोलुखुम्बु जिल्ला र ठप्प पर्यटन ब्यबसायका कारण पनि सोलुखुम्बुका स्थानियको आम्दानी घटिरहेको र आम्दानीका अन्य स्रोतहरूमा समेत महामारी र लकडाउनले प्रत्यक्ष असर पारेकाले क्याम्पसले बिद्यार्थीको मासिक शुल्कमा छुट दिनुपर्ने माग बिद्यार्थीहरूको रहेको छ । तर क्याम्पस प्रशासन त्यो मनसायमा नरहेको समाजबादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य समेत रहेका खड्का बताउछन । क्याम्पस प्रशासनलाई सम्पुर्ण बिद्यार्थीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाईएकाले यस बिषयमा थप छलफल गरिने पनि उनको भनाई छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.