६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको सदस्यमा सोलुखुम्बुका कार्की


१४ मंसिर २०७७, आइतबार  

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको सदस्यमा प्रकाशसिंह कार्की निर्वाचित भएकाछन् । नेपाली कांग्रेसका नेता एवं समाजसेवी कार्की महासंघको वस्तुगततर्फ सदस्यमा निर्वाचित हुँदा उपाध्यक्षमा भने अन्जन श्रेष्ठ विजयी भएका छन् ।

उपाध्यक्षमा प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले अन्जनले पराजित गरेका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् ।

वस्तुगततर्फ निर्वाचित सदस्यहरुको नाम

प्रकाशमान सिंह कार्की
सुमित केडिया
अरनिको राजभण्डारी
नरेशलाल श्रेष्ठ
भक्त बहादुर हमाल
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
हेमराज ढकाल
आकाश अधिकारी
गोविन्द ढुंगेल
विष्णु गैरे
सकुनतला हिराचन
सुवोध गुप्ता
सन्दीप कुमार अग्रवाल

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १२ : ०१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.