खोटाङको रावाबेशी गाउँपालिकाले कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण गरेको छ । किसानहरुको जीविकोपार्जन र प्रविधिसँगै उत्पादन बृद्धिमा सघाउ पुग्ने लक्ष्यले बीउबिजन र कृषि सामग्री वितरण गरेको हो ।
गाउँपालिकाको सहजीकरण र प्रयास नेपालको आर्थिक सहयोगमा शुक्रबार गाउँपालिकाको ६ वटै वडाका कृषक समुहलाई ३ हजार ७२० केजी गहुंको बीउ र कृषि सामग्रीहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार लेकाली भेगमा उत्पादन हुने ३२० केजी र बेंशी क्षेत्रमा उत्पादन हुने ३ हजार ४ सय केजी गहुंको बीउ कृषक समुहलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले वडा–वडामा पुगेर वितरण गर्नुभएको हो ।
हौंचुरका कृषक समुहलाई ९ सय केजी, डुमे्रधारपानीका कृषक समुहलाई ८५० केजी, कुभिण्डेका कृषक समुहलाई ८ सय केजी, दुवेकोलका कृषक समुहलाई ७५० केजी, लामिडाँडाका कृषक समुहलाई ४० केजी र खार्पाका कृषक समुहलाई ३८० केजी गहुंको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
यस्तै, ६ वटै वडालाई एक÷एक वटा धान, गहुं कोदो कुट्नका थ्रेसर मेसिन तथा डुम्रेधारापानी र हौंचुरलाई मकै छोडाउने मेशिन पनि आजै वितरण गरिएको छ । अन्य वाँकी वडालाई ३ मंसिरमा वितरण गरिनेछ । उन्नत जातको बाख्रा उत्पादनका लागि कुभिण्डे, डुम्रेधारापानी, दुवेकोल, हौंचुरका कृषकका लागि बोयर जातको बोका आइसकेको र बाँकी वडाका लागि ५ मंसिरभित्र आइपुग्ने र वितरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
यसैगरी, गाउँपालिकाभित्रका वजार व्यवस्थापन समितिलाई ३ सय वटा ग्रेड र १२० वटा कृषक समुहलाई बीउ भण्डारणका लागि किटनाशक झोला र खशी बोका तौलनका लागि जोख्ने मेशिन पनि तिहारपछि वितरण गरिने जनाइएको छ ।