१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

सल्लेरी च्याल्सा बिधुत कम्पनीको लापरवाहिका कारण वडाध्यक्ष तामाङको निधन



अनुज खड्का
असोज ०६, सोलुखुम्बु

सल्लेरी च्याल्सा बिधुत कम्पनीको लापरवाहिका कारण सोलुखुम्बुको माप्य दुधकोशी गाउपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको आज निधन भएको छ । घर अगाडी नै हाईटेन्सन लाईनको करेन्ट लागेर उनको निधन भ​एको हो । उनको निधनमा सल्लेरी च्याल्सा बिधुत कम्पनीको लापरबाहि देखिएको छ ।

भुमे अनलाईनले आजभन्दा पहिला पनि बस्तिको बिचबाट घरको नजिक नै हाईटेन्सन लाईन राखिएको प्रति आपत्ती जनाउदै समाचार सम्प्रेषण गरेको थियो । तर उक्त समाचारको वास्ता कोहि कसैले गरेनन । जसको परिणाम आज वडाध्यक्ष तामाङको निधन हुनगयो ।

हाईटेन्सन लाईनको सम्रचना निर्माण गर्दा बस्ती र बजारको बिचबाट गर्न सकिने कुनै कानुनी प्राब्धान छैन । न त हाईटेन्सनलाईन भ​एको ठाउमा निश्चित मापदण्ड बिना घर बनाउने नै अनुमती छ । तर सल्लेरी बजारमा भने घरको छानामै जोडेर हाईटेन्सन लाईन लगिएको छ । जसका कारण दुर्घटना निश्चित थियो र छ । तर यसमा न सरोकारवाला कसैले आवाज उठाएका छन, न त सम्बन्धित पक्षले नै सचेतता अपनाएको छ । हामीले यस बिषयमा पटक पटक समाचार सम्प्रेषण गरेका छौ । तर त्यसको सुनुवाई आजसम्म कहि कतैबाट भ​एको छैन ।

आज भ​एको तामाङको दुर्घटना त केवल प्रतिनिधि घटना मात्र हो । उक्तस्थानमा तत्काल कुनै समाधान दिन नसकिएमा यस्ता अन्य थुप्रै दुर्घटना घट्ने छन । त्यसैले हाईटेन्सनलाईनको अन्य बिकल्प खोज्न अत्यावस्यक रहेको छ । त्यहा हाईटेन्सन लाईनको नजिक घर बनेको हो वा घरको नजिकबाट हाईटेन्सन लाईन लगिएको हो, यसको छानबिन हुनुपर्दछ । हाईटेन्सन लाईन मात्र होईन उक्त स्थानमा बर्खामा उर्लिने खहरे खोला समेत रहेको छ । सरकारी मापदण्ड अनुसार खोलाको आसपास घर बनाउदा जति जमिन छाड्नुपर्ने हो, त्यति जमिन त्यहा छाडिएको छैन । खोलामै टासिएर अझै खोलामै टेको दिएर घर निर्माण गरिएको छ भने घरसंगै जोडेर हाईटेन्सन लाईन लगिएको छ । यसले उक्त स्थानलाई सबैभन्दा धेरै खतरापुर्ण बनाएको छ । यसतर्फ सबैले बेलैमा सोच्न आवस्यक छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ३४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.