अनुज खड्का
असोज ०४, सोलुखुम्बु
सोलुखुम्बुको लिखुपिके गाँउपालिकाको अबिकासमा सोलुदुधकुण्ड नगरपालिका जिम्मेवार रहेको गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउनुभएको छ । नगरपालिकाकै कारण गाँउपालिकालाई सदरमुकाम सल्लेरीसम्म सिधा यातायात सम्पर्कले जोड्न नसकिएको अध्यक्ष बस्नेतले बताउनुभएको हो । गाँउपालिकाको तर्फबाट गर्नुपर्ने जति ट्र्याक ओपन गरिसकेर पनि २० मिटर सडक नगरपालिकामा समेत ट्र्याक खोलेको उहाँको भनाई रहेको छ ।
जुनबेशी हुदै जानुपर्ने बाटोलाई घुमाएर टाक्टोर पुर्याउदै बिकासलाई अल्झाउने काम नगरपालिका मार्फत भएको बस्नेतले बताउनुभयो । जसका कारण लिखुपिके गाउपालिकाका स्थानियहरूलाई १३ कोस परबाट जिल्ला सदरमुकाम आउन पनि रामेछाप, सिन्धुली, उदयपुर र ओखलढुङ्गा हुदै आउनुपर्ने बाध्यता रहेको उहाको भनाई छ ।
लिखुपिकेलाई सदरमुकाम सल्लेरीसम्म जोड्नका लागि अहिले पनि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पासङ्ग छलफल भईरहेको बस्नेत बताउनुहुन्छ । तर नगरपालिकाको तर्फबाट गर्नुपर्ने ट्र्याक ओपनमा ढिलाई भईरहेको उहाको भनाई छ ।
त्यस्तै गाउपालिकाले निरन्तर बिकास र समृद्दिका लागि बिधि र पद्दतीमा टेकेर काम गरिरहेको पनि अध्यक्ष बस्नेतले जिकिर गर्नुभएको छ । भुमे अलनाईनसङ्ग कुराकानी गर्दै अध्यक्ष बस्नेतले आफूले जनताको लागि आएको एकै रुपैया पनि तलमाथी गरेको भेटिएमा कालोमोसो सहितको कार्वाहि भोग्न तयार रहेको बताउनु भएको हो । केहि ब्यक्तीहरूले निति र नियम बिपरित आफ्नो अनुकुल काम नगरिदिएको भन्दै हल्लाखल्ला मच्चाउने गरेको तर गाउपालिकाको कार्यप्रति आम पालिकाबासी भने सन्तुष्ट रहेको उहाँले स्पष्ट पार्नुभयो ।