८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

साझा सरकारी भवन ब्यक्तीको नाममा, यस्तोमा किन बोल्दैनन तिङ्लाली ?



सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला रमितेमा रहेको साझा सरकारी भवन ब्यक्तीको नाममा पुगेको छ । गौरीटाप सहकारी सस्थाले सहुलियत पसल संचालनका निम्ति बनाएको सरकारी भवन अहिले ब्यक्तीको नाममा पुगेको हो । तत्कालिन तिङ्ला गाउ बिकास समिति मार्फत साझा भवन बनाउनका निम्ति स्थानिय दिल्ली सिंह सुनुवारको नाममा रहेको जग्गा खरिद गरेर उक्त जग्गामा साझा भवन निर्माण गरिएको थियो । तर दिल्ली सिंह सुनुवारको शेखपछी उक्त जग्गा उनका एकमात्र छोरा राम बहादुर सुनुवारको नाममा आएको बताईएको छ । तर अहिले त्यो जग्गा बिक्री भ​एर अन्य ब्यक्तीको नाममा पुगेको हो ।

तत्कालिन गाउ बिकास समिति तिङ्लालाई जिल्ला बिकास कार्यालय सोलुखुम्बुले प्रदान गरेको ३ लाख बजेटबाट उक्त जग्गा खरिद गरी भवन निर्माण गरेको बताईएको छ । तर मालपोत र गाबिस भवनमा आगलागी हुदा जग्गाको कागजात जलेर नष्ट भ​एपछी जग्गा खरिद गरेको कुनै प्रमाण बाकी नरहेको हो । २०५० सालमा नै गाबिसले उक्त जग्गा नेपाल सरकार अन्तरगत गाउ बिकास समितिको नाममा पास गरेको तत्कालिन गाबिस अध्यक्ष दत्तसिंह कार्कीले बताउनुभयो । तत्पश्चात उक्त भवनमा प्रेम कार्कीले सहुलियत पसल समेत संचालन गरेका थिए । उक्त भवन निर्माणको लागु उपभोक्ता समितिको अध्यक्षमा भिम बकस कार्की रहनुभ​एको थियो । उहाको अध्यक्षतामा २ लाख ३० हजार सरकारी बजेटबाट साझा भवनको काम २०५२ सालमा सम्पन्न भ​एको जनाईएको छ ।

निर्मित भवनमा साझा सहुलियत पसल संचालन हुन छाडेपछी स्थानिय जोखे नेपाली महिनाको ५ सय तिर्नेगरी भाडामा बसेका थिए । उनले गाबिसमा घरको भाडा बुझाउदै आएका थिए । लामो समयसम्म भाडा नतिरेको भन्दै बिष्णु बहादुर कार्की गाबिस सचिबको पालामा उनलाई उजुरी गरी गाबिसमा पैसा तिराईएको पनि थियो । तर अहिले त्यहि जमिन र भवन ब्यक्तीको नाममा पास भ​एको छ । दत्तसिंह कार्की पछी तिङ्ला गाबिसका अध्यक्ष रहेका ओम सिंह कार्कीका अनुसार बिगत देखि बर्तमानसम्म सरकारी सम्पतीका रुपमा रहेको जग्गा र भवन एकाएक ब्यक्तीको नामबाट किनबेच हुनु खेदजनक रहेको बताउनुभयो ।

उक्त जग्गा लिने बेलामा दिल्ली सिंह सुनुवारको कृषी बिकास बैंकमा धितो रहेको उनको श्रीसम्पती लिलाम हुने अवस्थामा पुगेपछी तत्कालिन गाउबिकास समितिले उनको रिॠ मिनाहा गरिदिएर उक्त जग्गा गाबिसको नाममा ल्याएको थियो । मालपोतबाट नै उक्त जग्गा गाबिसको नाममा पास भ​एको तत्कालिन गाबिस अध्यक्ष दत्तसिंह कार्कीले बताउनुभयो । तर द्वन्दकालमा माओबादीले सम्पुर्ण कागजात जलाईदिएकाले अहिलेको समस्या आएको दत्तसिंह कार्कीको भनाई छ । उहाका अनुसार यसका प्रमाणहरू खोज्दा भेटिने छ ।

यस बिषयमा हालको वडा कार्यालयले भने कानुनी रुपमा उक्त जग्गा अहिले स्थानिय सनिता राईको नाममा रहेको बताएको छ । वडा सचिब खेमराज खतिवडाका अनुसार उक्त जग्गा सरकारी नाममा रहेको कुनै तथ्याङ्क फेला नपरेको हो । त्यसैले कानुनी आधारमा जग्गा सनिताको भ​एको वडा सचिबको भनाई छ । तर उक्त जमिन र भवन सार्बजनिक सम्पती भ​एकाले यसको खोजी गरिनुपर्ने आम तिङ्लाबासीको माग रहेको छ । गोप्य श्रोतका अनुसार वडा सचिबकै मिलेमतोमा पो जग्गा ब्यक्तीको नाममा ग​एको हो कि भन्ने सन्देह प्रकट गरिएको छ । त्यसैपनि यसको अनुशन्धान हुनुपर्ने श्रोतको दाबी छ । साधमा रहेको घडेरी सङ्गै उक्त भवन र जग्गा समेत अहिले स्थानिय सनिता राईको नाममा रहेकाले यसको सत्यतथ्य अनुशन्धानका लागि माग गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : १६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.