सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले थुलुङ दुधकोशी गाउपालिकाको हालसम्मको बजेट र योजनाको अनुगमन गर्ने भएको छ । मुक्लीमा आज भएको काङ्ग्रेसको बैठकले गाउपालिकाको हालसम्मको आयब्ययको अनुगमन गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।
थुलुङ दुधकोशी गाउपालिकामा धेरै आर्थिक चलखेल भएको जनगुनासो रहेकाले नेपाली काङ्ग्रेसले त्यसको हिसाब खोज्ने सभापती बिनोद बस्नेतले बताउनुभयो । थुलुङ दुधकोशी गाउपालिकाका गाउ सभापती महेन्द्रदिप राईको सभापतित्वमा बसेको बैठकले गाउपालिकामा भएका सकारात्मक कामको समर्थन गर्दै नकारात्मक कामको भण्डाफोर गर्ने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले काङ्ग्रेसको गुमेको साख फर्काउनको लागि संगठन सुधारको निम्ति नया रणनिति बनाउने केहि आन्तरिक निर्णय समेत गरेको बैठकमा सहभागी काङ्ग्रेस नेता भानुभक्त उपाध्यायले भुमे संचारलाई जानकारी दिनुभयो ।
शिक्षकलाई पार्टि प्रबेश गराएको, गाउपालिकाको प्रबक्ताबाट राजिनाम दिन बाध्य पारिएको, सस्थागत गरेको, बिभिन्न कार्यक्रमको नाममा आर्थिक अनियमितता गरेको र एकल निर्णयमा गाउपालिका चलाएको भन्दै काङ्ग्रेसबाट निर्वाचित गाउपालिकाभित्रैका जनप्रतिनिधिहरू ले असन्तुष्टि पोख्नुभएको छ । उहाहरूले अध्यक्ष असिम राईको क्रियाकलापको शुरुदेखि नै निरिक्षण गर्नुपर्ने धारणा राख्नुभएको हो । यस्तो धारणा राख्नेमा उपाध्यक्ष सबिता राई, वडाध्यक्षहरू फुर्तीमान तामाङ, घनराज सुनुवार र नातिकाजी गुरुङ रहेका छन ।
कानुनलाई टेकेर गरिएका कतिपय नितिगत भ्रष्टचारको पर्दाफास गर्ने काङ्ग्रेसको चेतावनी समेत रहेको छ ।