६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

शिक्षक हटाएकोमा सोलु कांग्रेसको आपत्ति



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नं.३ गुमेलामा अबस्थित जनसेवा आधारभूत विद्यालयमा कार्यरत शिक्षिका फुराल्हमु शेर्पालाई विद्यालय प्रशासनले हटाएको प्रति सोलुखुम्बु कांग्रेसले आपत्ति जनाएको छ ।

सोलुखुम्बु कांग्रेस सभापति विनोदकुमार बस्नेतले  एक विज्ञप्ति जारी गर्दै विद्यालय प्रशासनले राजनीतिक पुर्वाग्रह राखेर शिक्षिकालाई सेवाबाट निस्कासन गरिएको प्रति सोलुखुम्बु कांग्रेसको ध्यानाकर्षण भएको बताएका छन् ।

२०७१ सालबाट निरन्तर सेवा प्रदान गरिरहेकी शिक्षिका फुराल्हमु शेर्पालाई अभिभावकहरुको सुझावलाई समेत वास्ता नगरी राजनीतिक पुर्वाग्रह राखेर निस्कासन गरिएको भन्दै विद्यालयमा पुन: हाजिर गराउन समेत सोलुखुम्बु कांग्रेसले माग राखेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.