८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

किसान संघ सोलुको २१ सदस्यीय समिति गठन, सभापतिमा बस्नेत



काठमाडौं । नेपाल किसान संघ सोलुखुम्बुको सभापतिमा हुतराज बस्नेत मनोनित भएका छन् । बस्नेत नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य हुन् । बस्नेतको मनोनयन सँगै जितबहादुर राई (बुङ) लाई उपसभापतिमा, प्रेम गुरुङ (केरुङ) सचिवमा, आङदोर्जि शेर्पा (चौरिखर्क) कोषाध्यक्षमा र हरिबहादुर मगर (केरुङ) सहसचिवमा मनोनयन गरिएको छ ।

त्यस्तै गरि नेपाल किसान संघ सोलुखुम्बुको सदस्यहरुमा सोमरिञ्जी राई (देउसा), रामकुमार गिरि (जुवु), रामकाजि खड्का (नेचा), घनश्याम बास्तोला (नेचा), जयप्रसाद राई (सोताङ), इन्द्र खड्का (नेले), निमादावा शेर्पा (गुँदेल), अमरकाजि बस्नेत (मुक्ली), युक्त बहादुर कार्की (चौलाखर्क), धनबहादुर तामाङ (लोखिम),
खिला सार्की (पञ्चन), चन्द्र खालिङ (काँकु), द्रोण दाहाल (गोराखानी), राजकुमार प्रधान (गार्मा), पुनम कार्की (मुक्ली), मन कुमारी राई (वाकु) लाई सदस्यमा मनोनयन गरिएको छ । 

काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीच नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानुभक्त सिग्देलले नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी सहित सोलुखुम्बु कांग्रेसका शीर्ष नेताहरूको उपस्थितिमा बस्नेतलाई मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । 

मनोनयन पत्र हस्तान्तरण गर्दै सिग्देलले कृषिमा आमुल परिवर्तनको लागि आँफूहरुले रणनीतिक रुपबाट तयारी गरिरहेको र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा २० वर्षे रणनीतिक कृषि कार्यक्रम (ADS) समेत तयार गरेको र त्यसलाई कार्यान्वयन गर्न सिंगो पार्टी कमिटी लाग्नुपर्ने बताएका छन् ।

यसैबीच विगत २० वर्षदेखि गैह्र कांग्रेसीका हातमा कृषि मन्त्रालयको जिम्मेवारी भएकाले उनीहरूले कृषिको दिर्घकालीन कार्यक्रम बुझ्न नसक्दा कार्यकर्ता पोस्ने माध्यम मात्रै बनाएको समेत अध्यक्ष सिग्देलले बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ४६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.