६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

नेकपा सोलुखुम्बुले दिप जलाएर मनायो संबिधान दिवसको उत्सब



अनुज खड्का
असोज ०३, सोलुखुम्बु

नेपाल कम्युनिस्ट पार्टि नेकपा सोलुखुम्बुले संबिधान दिवसको उत्सब मनाएको छ । पार्टि कार्यालय सल्लेरीमा दिप प्रज्वलन गरेर नेकपाले उत्सबका रुपमा संबिधान दिवस मनाएको हो ।

नेपालको संबिधान २०७२ जारी भ​एको दिन असोज ३ गते, नेकपा सोलुखुम्बुका नेताहरू भेला भ​एर शुभकामना आदानप्रदान सहित दिप प्रज्वलन गरी उत्सबका रुपमा यस दिवसलाई मनाईएको छ । लामो समयसम्मको राजनितिक संक्रमण, रस्साकस्सी र हजारौको बलिदानी पछि प्राप्त यस संबिधान नेपाली जनताको समृद्दिको आधारस्तभ रहेको उपस्थित नेतागणहरूको धारणा रहेको छ ।

नेकपाका जिल्ला अध्यक्ष, मानबिर राई, सचिब गोन्बु शेर्पा कर्ज्याङ, सोलुखुम्बुका प्रतिनिधि सभाका सांसद हेमकुमार राई सुरबिरम, प्रदेश सांसद बुद्दिकुमार राजभण्डारी, नेचासल्यान गाउपालिकाका अध्यक्ष डुफ कुमार बास्तोला, लिखुपिके गाउपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई सहित सयौ नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.