अनुज खड्का
असोज ०२, सोलुखुम्बु
सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका दर्जनौ काङ्ग्रेस कार्यकर्ता पार्टी नेकपामा प्रबेश गरेका छन । आज भएको एक कार्यक्रमका बिच उनिहरू नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रबेश गरेका हुन ।
नबप्रबेसी ब्यक्तीहरूलाई नेकपा सोलुखुम्बुका अध्यक्ष मानबिर राई, सोलुखुम्बुका प्रदाश सभा सांसदद्वय उत्तमकुमार बस्नेत र बुद्दिकुमार राजभण्डारी, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई र नेकपा अन्य जिल्लास्थित नेता तथा कार्यकर्ता पार्टिमा स्वागत गरेका छन ।
नेपाली काङ्ग्रेसको अराजकता र नातावाद, कृपावाद काङ्ग्रेस परित्याग गरेको नबप्रबेसीहरूले बताएका छन । नेकपाले पछिल्लो समय तिङ्लामा नेपाली काङ्ग्रेसबाट निर्वाचित नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको भ्रमपुर्ण राजनितिबाट पर्दा उठाउन तदारुकता देखाएको नेकपाको भनाई छ ।