अनुज खड्का
असोज ०२, सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिकाले असोज ४ गते आईतबारबाट सबै बिद्यालय संचालन गर्ने भएको छ । महामारीका कारण पठनपाठन ठप्प भएको लामो समयपछी बिधालय पुन संचालन गर्न लागिएको हो ।
थुलुङ दुधकोशी गाउँ शिक्षा समिति ,प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरु सङ्गको वृहत छलफल पश्चात आवस्यक सबै सुरक्षा उपायहरुको अवलम्बन गरि गाउँपालिका भित्रका सबै बिद्यालय असोज ४ गते आइतवार देखि सन्चालन गर्ने निर्णय गाउपालिकाले गरेको हो ।
शिक्षा मन्त्रालयको बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को बुँदा न ३३ अनुसार २०७७ भदौ ३१ गते बसेको शिक्षा समिति बैठकले नै उक्त निर्णय गरेको गाउपालिकाका प्रबक्ता भुपालसिंह राईले जानकारी दिनुभएको छ ।