३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

सोलुखुम्बुमा नेपाल टेलिकमको हरिबिजोग, टावर छ नेटवर्क छैन



अनुज खड्का
असोज ०२, सोलुखुम्बु

सोलुखुम्बुमा नेपाल टेलिकमको सेवाको कन्तबिजोग रहेको छ । भौगोलिक हिसाबले जटिल सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमले 4G सहितका कुल २९ रिपिटर टावर निर्माण गरेको भएपनि सेवाको अवस्था भने हरिबिजोककै स्थितिमा रहेको हो । टावर त छ तर नेटवर्क भने मुस्किलले मात्र प्राप्त हुने गरेको छ । जिल्लाका अधिकांश स्थानमा टेलिकमको सेवा अबरुद्द नै रहेको छ भने, जिल्ला सदरमुकाम सल्लेरीमा समेत नेटवर्कको समस्या झेल्नुपर्ने बाध्यता रहेको छ ।
महाकुलुङ गाउपालिका नेटवर्कको समस्याबाट सबैभन्दा धेरै पिडित गाउपालिकाको हो । यहा भ्वाईसकलको सुबिधा समेत उपलब्ध नहुदा, स्थानियहरू मारमा परेका छन । त्यस्तै थुलुङ दुधकोशी गाउपालिका, सोताङ गाउपालिका, नेचासल्यान गाउपालिका, खुम्बु पासाङलम्हु गाउपालिका, लिखुपिके गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलुदुधकुण्ड नगरपालिकामा पनि अधिकांश स्थानमा नेपाल टेलिकमको सेवा अवस्था देखेर उपभोक्ताहरू आजित भईसकेका छन ।
नेपाल टेलिकमको नेटवर्कको समस्या लिएर हजारौ पटक कार्यालय पुगेका उपभोक्ताहरूको मर्का कार्यालयले सधै बेवास्ता गर्ने गरेको छ । फोनमा प्राय नेटवर्क नै नदिने, बल्लतल्ल नेटवर्क आएपनि भ्वाईस नबुझिने भन्दै स्थानिय उपभोक्ताले कयौ पटक टेलिकमको कार्यालयमा गुनासो पोखिसकेका छन । तर टेलिकमले हालसम्म पनि उपभोक्ताको गुनासो सुनुवाई नगरेको हो । टेलिकम भन्छ “सोलुखुम्बुमा नेटवर्कको समस्या समाधान गर्न सकिदैन । हामी गरिरहेकैछौ तर ह हुदैन त के गर्नु ?”
टेलिकमको यहि झुरावस्थाको नेटवर्ककै कारण जिल्लाको दुरसंचारमा समस्या झेल्दै आउनुपरेको छ । यसले आपतकालिन सम्पर्क र मुख्यतया संचार माध्यमहरू र ब्यबसायीहरूलाई ठुलो मर्का परेको छ । कतिपटक त उपभोक्ताले टेलिकमको कार्यालयमा ताला समेत लगाईसकेका छन । तरपनि केहिदिन सुधारको संकेत देखाएर टेलिकमको सेवा पुन: हरिबिजोगकै स्थितिमा आईपुग्छ । यसले पनि अहिले नेपाल टेलिकमका कर्मचारीहरू माथि प्राईभेट कम्पनीसङ्ग कमिशन खाएर जिल्लाको नेटवर्कलाई कमजोर बनाएको आरोप लाग्न थालेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.