८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सिन्धुपाल्चोक पहिरो पिडितलाई राहत, प्राकृतिक प्रकोपमा युवा संघ अग्रसर


२९ भाद्र २०७७, सोमबार  

0
Shares

अनुज खड्का
भाद्र २९, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक पहिरोका पिडितहरूको निम्ति राहत बोकेर राष्ट्रिय युवा संघ सिन्धुपाल्चोक घटनास्थल पुगेको छ । अबिरल बर्षाका कारण पहिरोबाट पिडित स्थानियलाई त्रिपाल​, टेन्ट र आवस्यक लत्ताकपडा र खानेकुरा बोकेर युवा संघ सिन्धुपाल्चोक घटनास्थल पुगेको हो । नगरपालिका, वडा कार्यालय र बिभिन्न संघसस्थाहरूको सहकार्यमा युवा संघले राहत लिएर ग​एको हो ।

संघका जिल्ला संयोजक सबिन आचार्य सहित कृष्ण श्रेष्ठ बिकासको टोली राहत बोकेर उद्दारको निम्ति घटनास्थल पुगेका हुन । जिल्लामा आइपर्ने प्राकृतिक प्रकोपमा युवा संघ सधै उद्दार र राहतमा अग्रसर रहेको संयोजक आचार्यले बताए । त्यसैले पहिरो पिडितका लागि पनि आवस्यक सरसामाग्री लिएर आफ्नो नेतृत्वमा युवा संघले राहत लिएर ग​एको उनको भनाई छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ नागपुजेमा हिजो बिहान ग​एको पहिरोबाट बिस्थापित भ​एका दुई दर्जन भन्दा बढि घरपरिवारका लागि उक्त राहत लगिएको हो । सोहि पहिरोमा परेर १५ जनाले ज्यान समेत गुमाएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : १३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.