३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

सोलुखुम्बुमा नक्कली नोटको बिगबिगी, फोटोकपी गरिएका नोट भेटिए


२९ भाद्र २०७७, सोमबार  


 

अनुज खड्का
भाद्र २९, सोलुखुम्बु

सोलुखुम्बुमा नक्कली नोटको बिगबिगी भ​एको पाईएको छ । एउटै नम्बर भ​एका २ हजारका नोटको फोटोकपी गरिएका नेट फेला परेको छ । सदरमुकाम सल्लेरीमा त्यस्ता नक्कली नोट देखिएको हो । ती नक्कली नोटहरू ए फोर साईजको फोटोकमी पेपरमै फोटोकपी गरिएको बताईएको छ ।

जसमा एउटै नम्बरका २ नोटहरूको फोटोकपी भेटिएको आईएमई जनरल ईन्स्योरेन्सका शाखा प्रबन्धक खगेन्द्र बनले जानकारी दिएका छन । उक्त २ नोटको फोटोकपी सहितका ४ वटा हजारका नोट सहित उनले समाजिक संजाल मार्फत यो बिषयलाई बाहिर ल्याएका हुन ।

यस्ता नक्कली नोटहरू अरूपनि थुप्रै हुन सक्ने भन्दै बनले छानबिनको माग गरेका छन । जिल्ला प्रहरी कार्यालयले फेला परेका नक्कली नोटलाई नियन्त्रणमा लिएर अनुशन्धान अगाडी बढाउने प्रहरी प्रमुख टेकुनन्द ईवा लिम्बुले जानकारी दिनुभ​एको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.