२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

खोटाङमा धमाधम बाख्रा मर्न थाले, कारण अझै खुलेन


२९ भाद्र २०७७, सोमबार  


अनुज खड्का
भाद्र २९, खोटाङ

खोटङको दिप्रुङ चुईचुम्मा गाउपालिकामा कृषकले पालेको बाख्रा धमाधम मर्न थालेका छन । अज्ञात रोगका कारण खसीबाख्रा धमाधम मर्न थालेका हुन । कतिपय कृषकहरूले ब्यवसायिक रुपमा फर्म संचालन गरेर पालिएका बाख्रा खोरै रित्तिने गरी मरेका छन । घास खादाखादै छेर्ने र त्यसको ४ वा ५ दिनभित्रै बाख्रा मर्ने गरेका हुन ।

तर यो के कारण भईरहेको छ अझैसम्म पत्तो लागेको छैन । हालसम्म सयौ बाख्रा मरिसकेका छन । यसले लाखौको नोक्सानी गराएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : १३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.