कोरोना महमारीले आक्रान्त बिश्व भै रहेको अबस्थामा नेपालपनि अछुत रहन सकेको छैन।नेपालमा पनि कोरोना समुदाय स्तरमा फैलिरहेको अबस्थामा नेपाल सरकारले आम जनतालाई सुरक्षित राख्न बिभिन्न किसिमका संयन्त्रहरुलाई परिचालन गरेर सुरक्षा रणनिति अपनाएको अबस्था छ । प्रत्येक स्थानिय तहले कोरोना कहरबाट जोगिन राहत बितरण गर्ने औषधी उपलबध गराउने र आफ्ना नागरिकलाई सुरक्षित बनाउन उद्दार कार्यक्रम लगायत क्वारेन्टाइन ब्यबस्थापन लगायत शिर्षकमा ठुलै धनराशी खर्च गरेका प्रमाणहरु पेश गरिरहेका छन् । जस अन्तर्गत सोलुखुम्बुको नेचा सल्यान गाउपालिकाले करिब ९५ लाख बराबरको रकम कोरना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको छ ।
२०७६ साल चैत्र १० गतेबाट शुरु भएको लकडाउनदेखि ०७६ असार मसान्तसम्म कोभिट१९ सम्बन्धी गरिएका खर्च बिबरणलाईनेचा सल्यान गाउपालिकाले हालै सार्बजनिक गरेको छ । जस अन्तर्गत राहत शिर्षकमा (१३,२९,३९२)तेह्रलाख उनान्तीस हजार तीनसय बयानब्बे रुपैया खर्च गरेको छ ।त्यसैगरि काठमाडौमा फसेका नागरिकको नेचा सल्यान सम्म उद्दारको लागि (११,८१,६०५)एघारलाख एकासी हजार छसय पाँच रुपैया खर्चभएको जनाएको छ ।त्यसैगरि स्वयंसेबक परचिालनमा (११,४३,१००) एघार लाख त्रीचालीस हजारएकसय , वडागत रुपमा वार्ड नं एक मा (१,४८,३००),वडा नं. २मा (२,७३,०००) ,वडा नं. ३मा (१,८९,५००), वडा नं. ४मा (१,७१,१००), र वडा नं. ५ मा(३,६१,२००) खर्च भएको जनाएको छ । कोभिट १९ नियन्त्रणको लागी नेचा सल्यानको टारी ,खाल्पा, सल्यान ,चीसापानी,गैरी र अन्य स्थानमा संचालन गरिएको हेल्पडेक्समा एकमुष्ट(२०००००) दुई लाख खर्च गरेको छ ।
त्यसैगरि क्वारेन्टाइन ब्यबस्थापन तथा चेकपोष्ट निर्माणमा (८,३६,१९६)आठलाख छत्तीसहजार एकसय छयानब्बे रुपैयाँ खर्च भएको जनाएको छ । नेचा सल्यानमा रहेका दीर्घ रोगीहरुलाई एक महिनाकोलागी औषधी खरिद गरि निशुल्क उपलब्ध गराउनको लागि रु (४९९२३०)चारलाख उनान्सयहजार दुइसय तीस र स्वास्थ्य सामाग्री खरिदमा सबैभन्दा बढी रु(१४,९०,२४५)चौधलाख नब्बेहजार दूईसय पैतालीस खर्च भएको जनाएको छ ।
नेचा सल्यानका दीर्घ रोगीहरुलाई औषधीको अभाब हुन नदिन नेचा सल्यानमा रहेको सल्यान स्वास्थ्य केन्द्रलाईऔषधी खरिदकोलागि बीउपुँजी (२,००,०००) दुईलाख उपलब्ध गराएको छ । त्यस्तै कोरना रोगबाट सुरक्षित रहन जनचेतनामुलक तथा प्रचार सामाग्रीको लागि(५१,४६०) एकाउन्न हजार चारसय साठी खर्च सार्बजनिक गरेको छ । यसैगरि अन्य यातायात तथा ढुवानी र मर्मत शिर्षकमा(११,६७,७९५) एघारलाख सतसठ्ठी हजार सातसय पन्चानब्बे रुपैया खर्च गरेको छ ।
कोभिट १९ शिर्षकमा वडागत रुपमा यसरी खर्च भएको देखिन्छ ।
।वडा नं १ रू २,७५,७३०।
वडा नं। २ रू १०,०४,६०५।
वडा नं ३ रू ३,८८,२०७ ।
वडा नं ४ रू ४,१९,७०० ।
वडा नं ५ रू ५,६२,००० ।
र गाउपालिका बाट रू ११,६७,७९५ ।
जम्मा रू ९५,७१,६६५ ।