८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सोलुखुम्बुको राजनितिः भ्रमको खेती


२८ भाद्र २०७७, आइतबार  

0
Shares

 

अनुज खड्का
भाद्र २८, सोलुखुम्बु

सोलुखुम्बुको राजनितिमा भ्रमको खेती ब्यापक देखिएको छ । यसरी भ्रमको खेती गर्नेमा मुख्य दुई राजनितिक दल सक्रिय रहेका छन । ती दुई भनेको ३० बर्षसम्म सोलुखुम्बुमा बिरासत जमाएको नेपाली काङ्ग्रेस र बर्तमान समयमा बहुमतिय नेतृत्वमा पुगेको नेपाल कम्युनिस्ट पार्टि नेकपा हुन । नेकपा यो पटक मात्र होईन, अन्य समयमा पनि च्याखे दाउका रुपमा सोलुखुम्बुको नेतृत्व गरिसकेको राजनितिक दल हो । तर देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भ​एपछि गठित अधिकांश सिटमा अहिले नेकपाले काङ्ग्रेसको ३० बर्षिय बिरासतलाई पल्टाउदै १ प्रतिनिधि सभा, २ प्रदेश र ८ मध्य ७ स्थानिय तहमा आफ्नो पकड जमाएको हो ।

यी दुई दलहरु फरक राजनितिक धार सहित सोलुखुम्बुको राजनितिमा सक्रिय रहेतापनि, दुबै दलले सोलुखुम्बुको बृहत्तर बिकासमा ठोस कदम भने चालेका छैनन । जनताले काङ्ग्रेसको बिकल्प नेकपा र नेकपाको बिकल्प काङ्ग्रेस मात्र पाएको सोलुखुम्बुमा, अन्य राजनितिक दलको उपस्थिति कमजोर देखिन्छ । तरपनि दुईदलको लुछाचुडीले साडेको जुधाई बाच्छाको बिचाई भनेझै सोलुखुम्बुका स्थानियले बिकासको प्रत्यक्ष प्रत्याभुति भने गर्न पाएका छैनन ।

दुबै दलले जनतालाई समृद्दिको सपना त मज्जैले बाढेका छन । तर जति हुनुपर्ने हो त्यति बिकास र समृद्दि भने सोलुखुम्बुले देख्न पाएको छैन । संघियता पश्चात साडे बनेर निस्किएका स्थानिय तहहरूले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर ग​एर गरेका कतिपय राजनितिक बेथितिको बारेमा प्रमुख प्रतिपक्ष दल भनिएको नेपाली काङ्ग्रेस आजसम्म मौन देखिएको छ । खोतल्दै जाने हो भने भ्रष्टचारलाई सस्थागत गरिएको र ब्यक्तिबादी प्रबृतिमा जनप्रतिनिधिहरूले देखाउने गरेको रन्कि रवाफ चित्ताबुझ्दो पक्कैपनि छैन । यो बिषयमा सबै जानकार छन । भ्रष्टचारको कुरा गर्ने हो भने सोलुखुम्बुका ८ वटै स्थानिय तहमा अहिले भयाबह स्थिति रहेको छ । हिजोको बजेट र त्यो बजेटबाट जिल्लामा भ​एका कम अनि आजको बजेट र त्यो बजेट मार्फत भ​एका कामको मुल्याङ्कन गर्दा पनि त्यो सुहाउदो परिणाम आउने खालको छैन । तर यसमा न नेकपा बोलिरहेको छ न त काङ्ग्रेसले मुख खोलिरहेको छ ।

नया ब्यबस्थाको आरम्भ भ​एपछि केहि समय यसको अभ्यासमा बिताएका स्थानिय तहहरूले आफ्नो कार्यकाल समाप्त हुन लागिसक्दापनि सोचे अनुरुप परिणाम दिन नसकिरहदा समेत सबै मौन देखिएका छन । यो बिचमा सिमित जनप्रतिनिधिको जीवनमा भने कायापलट नै भ​एको छ । तर सोलुखुम्बुका अधिकांश जनताको जीवनमा भने कुनै परिवर्तन देखिदैन । त्यसैले पनि उनिहरूलाई जुन जोगी आएपनि कानै चिरेको जस्तो भान हुन थालिसकेको छ ।

अब फेरी अर्को निर्वाचनको तयारीमा दुबै दल जुटिसकेका छन । बिभिन्न आमसभा, कार्यक्रम र भेलाहरूमा दुबै दल ब्यस्त रहेका हुन । तर यस्ता कार्यक्रमहरूको उदेश्य भने केवल पार्टिमा कसरी संख्या थप्ने भन्ने मात्र देखिएको छ । दुबै दलका कुनै स्पष्ट एजेण्डा छैन । उनिहरूले बिगतकै शैलीमा सपनाको पोको बाढिरहेका छन । तर अब सोलुखुम्बुबासीले उनीहरूको एकएक कर्तुतको लेखाजोखा गरेर मात्र तिनको बिस्वास गर्नुपर्ने देखिन्छ । काङ्ग्रेसले आफ्नो बिरासतकालमा जिल्लाको लागि के गर्यो र नेकपाले काङ्ग्रेसले भन्दा फरक के दियो भन्ने कुराको मुल्याङ्कन सोझासिधा जनतालाई स्पष्ट पार्न आवस्यक रहेको छ ।

हाम्रो मुल्याङ्कनमा भने दुबै दल सोलुखुम्बुको नेतृत्वमा असफल देखिएका दल हुन । यीनिहरूको कार्यशैलीले आजित जनतालाई अर्को कुनै बिकल्प पनि छैन । त्यसैले पार्टिभन्दा माथी उठेर असल ब्यक्तीको छनोट गर्नुपर्ने आवस्यकता महसुस हुन थालेको छ । जनतालाई सधै गुम्राहमा राखेर गरिएका कयौ ठुला आर्थिक अनियमितताका घटनाहरू एक-एक गर्दै जनता सामु छर्लङ्ग पारिदिन आवस्यक छ ।

स्थानिय तह संचालन ऐनले भनेको चौमासिक सार्वजनिक सुनुवाईमा सबै स्थानिय तह चुकेका छन । जिल्लामा कुन-कुन योजना र कति-कति बजेट आयो भन्ने जानकारीबाट जनतालाई बन्चित राखिएको छ । कतिले सार्वजनिक सुनुवाईको नाटक मन्चन गरेर आफ्नो जयजयकार गर्ने झुण्ड बटुल्दै सबै सहि भ​एको ठोकुवा समेत गरिसकेका छन । यसको गहिराईबाट छानबिन हुन आवस्यक रहेको छ । बजेटको सिमा बिपरित भ​एका कार्यहरू पनि आर्थिक अपचलन हुन । यसमा अब खबरदारी गर्ने समय आईपुगेको छ ।

उपभोक्ता समिति गठनमा भ​एका कोठे भेलाहरू, योजना फरफराकमा गरिएको मिलेमतो, योजना अनुगमनमा गरिएको लापरबाहि र सबैखाले अपचलनको भण्डाफोर गर्नुपर्ने देखिएको छ । योजना बिना नै जनतालाई भ्रममा राख्ने जनप्रतिनिधिहरूलाई पनि जनताको सामु नाङ्गेझार पार्दै चिनाउन अब जनता नै सक्रिय हुनुपर्ने समय यहि हो । त्यसैले भ्रमको खेती गर्ने राजनितिका मतियार बिरुद्द सचेत जनताले समयमै कदम चाल्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ११ : १९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.