१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

सोलुखुम्बुमा नेकपा र काङ्ग्रेसको भिडन्त, लाजनितिको पराकाष्ठा


२७ भाद्र २०७७, शनिबार  


अनुज खड्का
भाद्र २७, सोलुखुम्बु

सोलुखुम्बुमा नेपाल कम्युनिस्ट पार्टि नेकपा र नेपाली काङ्ग्रेसको अस्वस्थ भिडन्त चलिरहेको छ । कसरी आफ्नो पार्टिमा सदस्य धेरै देखाउने भन्दै दुई पार्टी मैदानमा भिडिरहेका हुन । संख्या थपेर आफू सबल भ​एको प्रमाणित गर्न दुबै पार्टि कम्मर कसेर लागिपरेका छन ।

यो अस्वस्थ राजनितिक प्रतिस्पर्धाको उपज समाजमा भने नकारात्मक प्रभाब परिरहेको छ । कुनैपनि ब्यक्तीले जिल्लामा स्वतन्त्र अस्तित्वमा रहन असम्भब जस्तै बन्दै ग​एको छ । उनिहरूले कुनै न कुनै पार्टिको सदस्यता नलिए आफ्नो दिन दैनिकीमै समस्या पर्छ कि भन्ने सोच्न थालिसकेका छन ।

यो होडबाजीले गर्दा राजनितिक दलहरूप्रति स्थानिय आजित समेत भईसकेकाछन । ’cause हरेक दिनजस्तो दुईपार्टीले पालैपालो सबैलाई आफ्नो दलमा आबद्द हुन दबाब दिने गरेको सोलुखुम्बुका स्थानियले हामीलाई बताएका पनि छन । नेकपाले सत्तासिन दल भन्दै आफ्नो पार्टिमा प्रबेश गर्न दबाब दिने र फेरी नेपाली काङ्ग्रेसले ग​एर भोलीको सत्तासिन दल नेपाली काङ्ग्रेस नै भ​एकाले काङ्ग्रेसमा आउन दबाब दिने गरेको स्थानियले बताएका हुन । त्यसैले एउटै ब्यक्तीले दुबै पार्टिको सदस्यता लिने गरेको दुर्लभ दृष्यपनि सोलुखुम्बुमै देखिएको छ ।

यति मात्र होईन शिक्षक, कर्मचारी, बिधार्थी र अन्य बिषयगत क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई समेत पार्टिमा जबरजस्ती आस्था राख्न लगाईएको पाईएको छ । जिल्लामा अहिले ८ स्थानिय तह मध्य ७ नेकपा र १ मा नेपाली काङ्ग्रेसका उमेद्वार बिजय भ​एर कार्यसंचालन गरिरहेका छन । यी स्थानिय तहको अवस्था हेर्दा सोलुदुधकुण्ड नगरपालिकामा काङ्ग्रेस समर्थित शिक्षक कर्मचारी धेरै पाईन्छ भने अन्यमा नेकपा समर्थित ब्यक्तिहरूको उपस्थिति ज्यादा देखिन्छ । दलगत आधारमा कर्मचारी छनोट गर्नमा जिल्लाका कुनैपनि स्थानिय तहहरू पछाडी छैनन । कर्मचारी शिक्षकहरू बाध्यताले पनि निर्वाचित प्रमुख जनप्रतिनिधिको दलको जयजयकार गर्न बाध्य रहेका छन । अन्यथा उनिहरूलाई बिभिन्न बाहानामा सरुवा गराउने प्रचलन सोलुखुम्बुमा बिद्दमान रहेको छ ।

केहिदिन अगाडी मात्र थुलुङ दुधकोशी गाउपालिका ७ देउसामा त खादा र माला लगाएर नै कार्यरत शिक्षकलाई नेकपामा पार्टि प्रबेश गराईएको थियो । यो सरासर हेपाहा प्रबृति र लाजनितिको उदाहरण हो । तरपनि नेपाली काङ्ग्रेसले यसमा चुईक्क आवाज निकालेको छैन । ’cause शिक्षक कर्मचारीलाई राजनितिमा ल्याएर लाजनिति देखाउन नेकपा भन्दा काङ्ग्रेस पनि कुनै कोणबाट कम छैन । यस्ता बिषयबस्तुमा उनिहरूको पार्टि, सिद्दान्त र मत कहिल्यै फरक देखिदैन । फरक मत त तब पैदा हुन्छ, जब जिल्लामा केहि बिकासे योजना लैजानुपर्ने हुन्छ । यसमा पनि कसरी छिटो, छरितो र सुलभ बिकास पुर्याउने भन्नेमा फरक मत होईन, ठेक्कामा आफ्नो सहभागिता वा भाग कति भन्नेमा दुईपार्टिको मत भिन्नता रहदै आएको छ । त्यसका साथसाथै जिल्लामा भ​एका सिमित बिकासको जश कसले ग्रहण गर्ने भन्ने पनि यी दुई पार्टिको मुल लडाई देखिदै आएको छ ।

सोलुखुम्बुको स्थानियले कि काङ्ग्रेस हुनुपर्छ, कि नेकपा नै बन्नुपर्छ, यसका अलाबा स्वतन्त्र रहन वा अन्य दलमा आबद्द रहन पाईदैन कि भन्ने जस्तो प्रतित हुन थालिसकेको छ । संख्या बढाएर आफ्नो शक्ती प्रदर्शन गर्ने यहि होडबाजीले गर्दा जिल्लामा राजनितिक कुसँस्कार झाङ्गिदै ग​एको छ । यसले भोलीका दिनमा कुनै ठुलै दुर्घटना निम्त्याउने निश्चित रहेको छ । त्यसैले यसमा आम सोलुखुम्बुबासीले सचेत हुनुपर्ने आवस्यकता रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.