अनुज खड्का
भाद्र २७, सोलुखुम्बु
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला अन्तरगत पर्ने सिस्नेरी पहिरोले बर्षैपिच्छे यात्रुलाई सास्ती दिने गरेको छ । माथीबाट झरेको ढुङ्गा र लेदोले गर्दा सदरमुकाम सल्लेरी जाने मुल सडक नै अबरुद्द हुदा बर्षौदेखि यात्रुहरू समस्यामा पर्ने गरेका हुन । तर सोलुदुधकुण्ड नगरपालिकाले यसमा कुनै दिर्घकालिन समाधान दिन सकिरहेको छैन ।
नगरपालिका क्षेत्रभित्रको सडकको यो दुरावस्था हुदा समेत नगरपालिकाले यसको समाधानको लागि कुनै ठोस कदम चालेको छैन । बरु नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा भने त्यहि ठाउका स्थानियलाई उचालेर अपराधी छुटाउन प्रशासन घेर्ने आन्दोलन गर्न ब्यस्त रहेका छन । उनले सिस्नेरी पहिरोको सवालमा न सडक बिभागमा कुनै दबाब दिएका छन, न संचालित हाईड्रोपावरसङ्ग नै सडक निर्माणको लागि अनुरोध गरेका छन, न त नगरपालिकाबाट कुनै बजेट नै सार्वजनिक गरेका छन । यस्ता समस्या समाधान गर्ने कार्यमा उनको कुनैपनि भुमिका देखिदैन ।
उनले त्यहि तिङ्लाका स्थानिय नेपाली काङ्ग्रेस समर्थित युवाहरूको झुण्ड बटुलेर जिल्लामा उदण्ड त मच्चाउछन तर सिस्नेरी पहिरोको समाधानका लागि कहिल्यै सोच्दैनन । त्यहि बाटो भएर दिनमा मात्र होईन, रातमा पनि हजारौ पटक उनि तिङ्लालीलाई भड्काएर जिल्लामा रहेका अन्य दलका बिरुद्द उचाल्न पुग्छन, तर सिस्नेरी पहिरोको बर्षेनी समस्या देख्दैनन । सिस्नेरी पहिरो आजसम्म उनको चासोमै परेको छैन ।
फेरीपनि सिस्नेरी पहिरोले सदरमुकाम छिर्ने नाका अबरुद्द गरेको छ । तर मेयर यसमा बेखबर छन । अहिले जिल्ला प्रशासन कार्यालयले पहिरो पन्छाएर सडक सुचारू गराउने प्रयास गरिरहेको छ । कतिले त के पनि भन्छन भने मेयरले सिस्नेरी पहिरो समाधानको नाममा करोडौ भ्रष्टचार गरेका छन । त्यहि भ्रष्टचारका कारण साल्मेको बिकल्पको रुपमा बेलिडाडाबाट खोलिएको नया ट्र्याक बिचमै अलपत्र परेको छ । यो केशमा मेयरको निर्देशनमा अपचलन गर्ने एकजना डिजि समेत सरुवा भएका छन । यसको सत्यतथ्य के हो त्यसको छानबिन भुमे संचारले गरिरहेको छ । यदि त्यसो हो भने भ्रष्ट्रचारमा सहभागी मेयर होस वा डिजि सबैलाई जनताको समक्ष नाङ्गेझार बनाउने प्रण भुमे संचारको रहेको छ ।