५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्योकुशिन कराँते ब्ल्याकबेल्ट कमिटिद्वारा नेपाल आर्मी क्लबका कोचलाई टिसर्ट हस्तान्तरण


२५ भाद्र २०७७, बिहिबार  

0
Shares

नेपाल क्योकुशिन कराँते आई के ओ ब्ल्याकबेल्ट कमिटिले आज नेपाल आर्मी क्लबका प्रशिक्षक बद्रि थापालाई टिसर्ट हस्तान्तरण गरेको छ । आज एक कार्यक्रममा बिच प्रशिक्षक थापा र सिन्धुपाल्चोक जिल्लाका राष्ट्रिय युवासंघका संयोजक सबिन आचार्यलाई क्लबको लोगो अंकित टिसर्ट हस्तान्तरण गरेको हो ।

टिसर्ट हस्तान्तरण गर्दै कमिटिका अध्यक्ष नन्द कुमार किराँतीले राष्ट्रका लागि सबै युवाहरूले खेलप्रति सकारात्मक बन्नुपर्ने धारणा राख्नुभयो । खेलले नै मानिसलाई स्वस्थ राख्ने र राष्ट्रलाई पनि बिश्व सामु चिनाउने किराँतीको धारणा छ । त्यसका लागि सबै जिल्ला, क्षेत्र र बिभिन्न तह तप्काबाट साथ र समर्थनको खाचो रहेको समेत किरातीको भनाई छ ।

हाल कमिटिमा १ सय ५० जना भन्दा धेरै ब्ल्कबेल्ट प्राप्त गरेका खेलाडी रहेका छन । उनीहरूले अब देशको ७७ जिल्लामा नै यसलाई बिस्तार गर्ने योजना बनाएको कमिटिले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ९ : ५६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.