६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेपाल क्योकुशिन कराँते संघद्वारा काङ्ग्रेस नेता कार्कीलाई टिसर्ट हस्तान्तरण



अनुज खड्का
भाद्र २४, काठमान्डौ

नेपाल क्योकुशिन कराँते संघ अन्तरगत iko ब्ल्याकबेल्ट कमिटीले नेपाली काङ्ग्रेसका नेता प्रकाशसिंह कार्कीलाई टिसर्ट हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच संघको लोगो अंकित टिसर्ट नेता कार्कीलाई हस्तान्तरण गरेको हो ।

आत्मरक्षाका लागि खेलिने कराँते खेलमा बिगत २० बर्षदेखी योगदान पुर्याउदै आएको कमिटिले, आगामी दिनमा अझै यसलाई सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । साथै सोलुखुम्बुमा पनि छिट्टै नि:शुल्क खेलाडी उत्पादनको काम सुरु गर्ने कमिटिका अध्यक्ष नन्दाकुमार किराँतीले बताउनुभयो ?

टिसर्ट बुझ्दै नेता कार्कीले सोलुखुम्बुमा कमिटी मार्फत हुने हरेक कार्यमा आफ्नो सहयोग रहने बचनबद्दता ब्यक्त गर्नुभएको छ । स्वास्थ्य र राष्ट्रको लागि नि:शुल्क खेल खेलाउदै खेलाडी उत्पादन गरिरहेको प्रती नेता कार्कीले कमिटिलाई बधाई तथा शुभकामना समेत दिनुएको छ । आफू नेतृत्वमा रहेपनि वा नरहेपनी कमिटिलाई आफ्नो पुर्ण समर्थन रहने नेता कार्कीले बताउनुभको हो । सोलुखुम्बुमा पनि कमिटिले राम्रा राम्रा खेलाडी उत्पादन गरि जिल्लालाई योगदान दिन लागेकोमा उहाँले खुशी समेत ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ४ : २७ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.