८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेपाल क्योकुशिन कराँते ब्याल्कबेल्ट कमिटिद्वारा सांसद बस्नेतलाई लोगो सहितको टिसर्ट हस्तान्तरण


२१ भाद्र २०७७, आइतबार  

0
Shares

 

अनुज खड्का
भाद्र २१, सोलुखुम्बु

नेपाल क्योकुशिन कराँते आई के ओ ब्याल्कबेल्ट कमिटिले आज सोलुखुम्बु प्रदेशसभा “क​” का सांसद उत्तम कुमार बस्नेतलाई लोगो सहितको टिसर्ट हस्तान्तरण गरेको छ । काठमान्डौमा एक कार्यक्रममा बिच कमिटिले टिसर्ट हस्तान्तरण गरेको हो । बिगत देखि नै सोलुखुम्बुमा कराँते खेलमा योगदान दिदै आएको कमिटिले भाबी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्ने रणनिति सुनाउदै बस्नेतलाई टिसर्ट हस्तान्तरण गरेको हो ।

नेपाल क्योकुशिन कराँते आई के ओ ब्याल्कबेल्ट कमिटिले पाचौ राष्ट्रिय खेलकुदका दौरान नन्दा कुमार किरातीको सहभागितामा जिल्ला स्तरिय खेलमा १ गोल्ड मेडल, क्षेत्रिय खेलमा १ गोल्ड मेडल र राष्ट्रिय खेल अन्तरगत १ कास्य पदक सोलुखुम्बुको लागि जितेको थियो । त्यस्तै छैटौ राष्ट्रिय खेलकुदमा प्रबेश राईले जिल्लाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरियमा ३, क्षेत्रिय ३ र राष्ट्रिय खेलमा ३ कास्य हात पारेका थिए ।

सातौ र आठौ राष्ट्रिय खेलकुदमा जिल्ला स्तरिय खेलमा ८ गोल्ड मेडल , क्षेत्रियमा ६ गोल्डमेडल र राष्ट्रिय खेल अन्तरगत १ कास्य पदक कमिटिले जिल्लाबाट सहभागिता जनाउदै हात पारेको छ । त्यस्तै बिभिन्न समयमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सोलुखुम्बुको प्रतिनिधित्व गर्दै आएको कमिटिले आगामी दिनमा अझै सशक्त भ​एर सोलुखुम्बुमा कराते खेललाई अगाडी बढाउने जिकिर गरेको हो ।

आज टिसर्ट हस्तान्तरण गर्दै कमिटिका अध्यक्ष नन्दा कुमार किरातीले सांसद बस्नेतलाई भाबि योजना समेत सुनाउनुभ​एको हो । कमिटिको योजना अनुरुप जिल्लामा कराते खेललाई स्थापित गराई ब्यबसायिक खेलाडी उत्पादन गर्ने कार्यमा आफ्नो पुर्ण साथ र समर्थन रहने सांसद बस्नेतले प्रतिबद्दता जनाउनुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : २३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.