४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

भ्याटबिल काट्नु गल्ती भयो, बालुवा तस्करमा मेरो हात छैनः कृष्ण श्रेष्ठ


२१ भाद्र २०७७, आइतबार  


भ्याटबिल काट्नु गल्ती भयो, बालुवा तस्करमा मेरो हात छैनः कृष्ण श्रेष्ठ

अनुज खड्का
भाद्र २१, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकबाट बालुवा तस्करी गर्ने आरोप लागेका बिकास सप्लायर्सका प्रोपाईटर कृष्ण श्रेष्ठ बिकासले तस्करीमा आफ्नो कुनै हात नरहेको बताएका छन । भ्याटबिल काट्नु आफ्नो गल्ती भ​एपनि बालुवा तस्करी नै गर्ने काम आफ्नो नभ​एको उनले बताएका हुन । प्रहरीले केहिदिन अगाडी नियन्त्रणमा लिएको २८ वटा टिप्पर सहितको बालुवा तस्करी गर्ने कार्यमा बिकास सप्लायर्सको कुनै हात नरहेको उनले बताएका छन ।

आफ्नो कम्पनीको कारोबार देखिने र कम्पनी अपग्रेड हुने भ​एकाले मात्र आफूले भ्याटबिल काटेको सप्लायर्सको दाबी छ । यसमा आवस्यक छानबिन गरी कानुन बमोजिम भ​एको कसुरको सजाय भोग्न आफू तयार रहेको श्रेष्ठले बताएका हुन । केहि समुहले भ्याटबिल नै नक्कली भन्दै अफवाह फैलाईरहेकाले उनले आफ्नो कम्पनी दर्ताको प्रमाणपत्र सार्वजनिक गर्दै, भ्याटबिल सक्कली भ​एको स्पष्ट पारेका छन । उक्त भ्याटबिल काट्नुका पछाडी कम्पनी अपग्रेड बाहेक अन्य कुनै उदेश्य नरहेको पनि उनले बताएका हुन ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.