३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

मत्स्येन्द्रनाथको जात्रा २६ गतेसम्म सक्ने निर्णय


१८ भाद्र २०७७, बिहिबार  


ललितपुर : लामो समय विवादित बनेको रातो मत्स्येन्द्रनाथको जात्रा भदौ २६ गतेसम्ममा समापन गर्ने निर्णय भएको छ। बिहीबार आक्रोशित भीडले निषेधाज्ञा तोड्दै रथ तान्न थालेपछि जिल्ला प्रशासन कार्यालय ललितपुमा सम्बन्धित सरोकारवालाको बैठकले जात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय गरेको हो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार जात्रा २६ गतेसम्म सकाउने निर्णय भएको छ। उनका अनुसार २१ गते क्षमा पुजा गर्ने, २२ गते रथ बाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ। उपयुक्त साईत हेरेर रथ बाट मुर्ति निकालेपछि २६ गते सम्म बुङमती पुर्‍याइने जानकारी दिए। बैठकमा सीडीयो, मेयर, एसएसपी, गुठी सस्थान प्रमुख, गुठियार  लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ११ : १३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.