१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सोलुखुम्बुको ८ वटै स्थानिय तहसङ्ग बजेट खर्चको हिसाबकिताब माग्नुपर्छः नेकपा नेता किराँती 


१७ भाद्र २०७७, बुधबार  


 

 

अनुज खड्का

भाद्र १७, सोलुखुम्बु

 

 

नेपाल कम्युनिस्ट पार्टि नेकपा प्रदेश १ कमिटि सदस्य तथा सोलुखुम्बु निर्वाचन क्षेत्र “क​” का ईन्चार्ज महेश किरातीले सोलुखुम्बुका ८ वटै स्थानिय तहले गरेका खर्चको हिसाबकिताब माग्नुपर्ने बताउनुभ​एको छ । कोभिड १९ रोकथाम शिर्षकमा करोडौ रकम सार्बजनिक गरेका स्थानिय तहसङ्ग एक-एक पैसाको हिसाब जनताले खोज्नुपर्ने किरातीले बताउनुभ​एको हो । सरकारी सेवासुबिधा सहित सत्तामा पुगेका स्थानिय सरकार प्रमुखहरूले ब्यक्तीगत स्वार्थमा मात्र तल्लिन भईरहेको परिप्रेक्षमा किरातीले यस्तो माग गर्नुभ​एको हो । कोरोना रोकथामको बाहानामा जिल्लामा ब्यपक अनियमितता भ​एको प्रति उहाको ध्यानकर्षण भ​एको छ । यसमा आम सोलुखुम्बुबासीको समेत ध्यानकर्षण हुन जरुरी रहेको किरातीले बताउनुभयो ।

सोलुखुम्बुका ८ वटै स्थानिय तहले कोभिड-१९ रोकथाम शिर्षकमा अस्वभाबिक खर्च बिबरण सार्वजनिक गरेकाले त्यसको एकएक हिसाबकिताब जनतालाई दिनुपर्ने उहाको भनाई छ । जनताले खोजेको र समयले मागेको जस्तो बिकास निर्माण र समृद्दि हासिल गर्नका लागि निर्वाचित जनप्रतिनिधिमा स्पष्टता र पारदर्शिता हुनुपर्ने भन्दै किरातीले अहिलेको अवस्थामा सोलुखुम्बु लगायत सिङ्गो देशमा नै त्यो स्थिति नरहेको स्पष्ट पार्नुभ​एको हो । त्यसैले अब जनताले नै जनप्रतिनिधिसंग जवाफ माग्नुपर्ने दिन आएको उहाको धारणा रहेको छ ।

त्यस्तै नेता किरातीले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको भुमिकाप्रति पनि प्रश्न उठाउनुभ​एको छ । भ्रष्ट्रचार बिरोधी अभियानको हाउगुजी देखाएर प्रतिपक्ष  मिलेमतोमा भ्रष्ट्रचारमा सामेल रहेको भन्दै उहाले नेपाली काङ्ग्रेस सोलुखुम्बुप्रति कटाक्ष समेत गर्नुभ​एको छ । कमजोर प्रतिपक्षात्मक भुमिका सहित नेपाली काङ्ग्रेसको दोहोरो चरित्रले जनतामा भ्रम मात्र सिर्जना गरिरहेको, तर त्यसले निर्वाचित जनप्रतिनिधिहरूलाई खबरदारी गर्न नसकेको किरातीको भनाई छ ।

सर्वहारा बर्गको नेतृत्वका लागि स्थापित कम्युनिस्ट पार्टीका जनप्रतिनिधिको रवाफपुर्ण जिवनशैली र लोकतान्त्रिक भनिएको नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक गतिबिधिले नै देशमा समृद्दि हासिल हुन नसकेकाले, सबै आ-आफ्नो ठाउमा सच्चिन आवस्यक रहेको नेता किराती बताउनुहुन्छ ।

उहा भन्नुहुन्छ “नेपाल सरकारले जनतालाई दिएको सेवा सुविधा र विकास निर्माणका बजेटहरु  ती सर्वसाधारण जनताहरुले उपभोग गर्न पाएका छन या छैनन ? भन्ने खोजीको विषय रहेको छ साथै स्थानीय तहको निर्वाचन भएको ३ वर्ष भइसक्दा, जनताको जीवनस्तर हिजो कहा थियो र अहिले कुन अवस्थामा छ यो कुरा पनि खोजिनीति गर्ने बेला आएको छ ।”

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : ०४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.