अनुज खड्का
भाद्र १२, सोलुखुम्बु
सोलुखुम्बुमा नेपाली काङ्ग्रेसले हाडी गाउको जात्रा देखाउन थालेको छ । बिभिन्न अभियोजनमा पक्राउ परेकालाई धरौटीमा छुटाएर बिजय जुलुस गर्दै हाडी गाउको जात्रा देखाउन काङ्ग्रेस ब्यस्त बनेको हो । जब कुनै राजनितिक दल बिचार र सिद्दान्तबाट च्युत हुन्छ तब यस्ता हर्कतहरू सामुन्य आउने गर्दछन । काङ्ग्रेसले अझैपनि आम सोलुखुम्बुबासीलाई भेडा नै ठानेको यस्ता हर्कतहरूबाट प्रष्ट हुन्छ । यथार्थ एकातिर तर काङ्ग्रेसको प्रचार भने अर्कैतिर देखिन्छ । धरौटीमा रिहा हुनु भनेको अभियोग अनुरुपको दण्ड जरिवाना भरेर मुद्दा फैसला नहुदासम्म हिरासत बाहिर बसेरै मुद्दा लड्न सकिने ब्यबस्था गरिनु हो । यसको अर्थ न दोषी भन्ने हो न त निर्दोषी भन्ने नै हो । बरु निर्दोषीको तुलनामा ज्यादा दोषी भन्ने चाहि हो । यत्ति कुरा पनि सोलुखुम्बुबासीलाई थाहा छैन जस्तो गरेर अबिर जात्रा गर्नुको औचित्य के हो ?
जनही १ लाख २५ हजार धरौटी भरेर निस्किएका शरिर बन्धक कसुरका अभियुक्त शुभराम बस्नेतको समुह र तिङ्लामा प्रहरी कुटपिटमा सामेल तरुण दलका सदस्यहरूको समुह धरौटीमा रिहा हुदा काङ्ग्रेसले अबिर जात्रा र बिजय उत्सब मनाउन सुहाउछ ? कुन नैतिकताले यस्ता हर्कत तर्फ आकर्षित गरिरहेको छ नेपाली काङ्ग्रेसलाई ? के यो त्यहि काङ्ग्रेस पार्टि हो ?- जसले लोकतान्त्रिक बिधि र पद्दती अनि बिपिको समाजबादलाई अनुशरण गर्दछ ?
साउथ ईन्डियन चलचित्रको रिहर्सल सोलुखुम्बुको राजनितिमा देखाउदैछन- सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा । एउटा तिङ्लालाई आधार बनाएर भिलेन शैलीको राजनितीमा शेर्पासङ्गै सिङ्गो नेपाली काङ्ग्रेस सति जान खोज्नु आफैमा लज्जास्पद बिषय हो । सरकारी सवारी लिएर पार्टीको हुल बाधेर हिड्ने अधिकार शेर्पालाई छ कि छैन ? उनले उपभोग गरिरहेको सरकारी सेवासुबिधाको स्रोत के यीनै जनताको पसिना होईन र ? उनले त्यो सेवासुबिधालाई यसरी जथाभाबी प्रयोग गर्न मिल्छ कि मिल्दैन ? यसको जवाफ शेर्पाले दिनैपर्छ ।
एक त अहिले देश बिश्वब्यापी महामारीको चपेटामा फस्दै गईरहेको छ । यस्तोमा आम नगरबासीलाई भौतिक सामाजिक दुरीको लागि अपिल गर्नुपर्नमेयर नै केहि उत्तेजित भिड लिएर आन्दोलन गर्ने वा बिजय जुलुस निकाल्दै हिड्नुलाई आम नागरिकले कसरी बुझ्ने ? मेयरले चाहि जे गरेपनि हुने नगरबासी मात्र घरभित्र थुनिनुपर्ने ?? यस्तो अलोकतान्त्रीक कार्यमा नेपाली काङ्ग्रेस सोलुखुम्बुका बर्तमान सभापती बिनोद बस्नेत पनि सहभागी हुनुले काङ्ग्रेसको कस्तो छबि चित्र निर्माण भईरहेको छ ? यसतर्फ सोच्ने कि नसोच्ने ?
त्यसैमाथी मेयर शेर्पाले कार्यालय प्रयोजनका लागि नगरपालिकाको बजेटबाट खरिद गरेको सवारी पितापुर्खाको सम्पती जस्तो आफ्नो निजिस्वार्थ वा पार्टीको निम्ति प्रयोग गर्ने नै अनियमितता वा अपचलन मान्ने कि नमान्ने ? बिगतमा आफू आबद्द रहेको एनजिओबाट सहयोग ल्याएर राहत बाढ्दै ब्यक्तिगत चर्चा कमाएका मेयरलाई आफू निक्कै जनप्रीय भएको भ्रम परिरहेको जस्तो देखिन्छ । जब यो यो ह्याङओभर उत्रिन्छ नि तब पैतला मुनीबाट जमिन भत्किने छ । यसतर्फ मेयर स्वयम पनि सचेत हुन जरुरी छ ।