१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

संक्रमितको संख्या ३० हजार नाघ्‍यो, १३७ ले गुमाए ज्यान


५ भाद्र २०७७, शुक्रबार  


काठमाडौं : पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । अहिले क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।  योसँगै कोरोनाले ज्यान गुमाउने १३७ पुगेका छन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.