४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

प्रदेश २ सामाजिक विकास मन्त्रालयका ११ कर्मचारीमा कोरोना संक्रमण


४ भाद्र २०७७, बिहिबार  


प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार आएको रिपोर्ट अनुसार मन्त्रालयका ३५ वर्षीया एक महिला र २७ देखि ३८ वर्षका १० जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये मन्त्रालयका लेखा अधिकृतसहित लेखा फाँटका ३ जना कर्मचारी छन् । अन्य कर्मचारी विभिन्न पदमा कार्यरत रहेको मन्त्रालय श्रोतले जनाएको छ ।

यसअघि पनि यो मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ९ : ०६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.