अनुज खड्का
भाद्र ०४, काठमान्डौ ।
काठमाण्डौ उपत्यकामा आजबाट जारी भएको निषेधाज्ञाका कारण सडकहरू प्रायः सुनसान देखिएका छन । छिटफुट अत्यावस्यक सेवाका सवारी साधन र ब्यक्ती बाहेक अन्य चहलपहल देखिएन । यो समयलाई सदुपयोग गर्न सकिने सरकारसङ्ग थुप्रै अवसरहरू छन । जसमध्य रिङरोड अन्तरगत पर्ने गैशाला चावाहिल सडकखण्ड मर्मत मुख्य प्राथमिकताको बिषय हो । तर सरकारको यसतर्फ भने ध्यान नगएको देखिन्छ । यसअघिको ४ महिने लकडाउनका समयमा पनि मर्मत नगरिएको उक्त सडकखण्ड मर्मतका लागि सरकारलाई जनदवाब दिन आवस्यक देखिन्छ ।
रिङरोडले काठमान्डौ उपत्यकालाई सुन्दर र सजिलो बनाएको पक्कै हो । तर त्यहि रिङरोडमा पर्ने गौशला चावाहिल सडकखण्डको खाल्डो र धुलोले भने यस सडकमा यात्रा गर्ने हरेकलाई सास्ती दिएको छ । त्यस्तै बौद्द, कपन र जोरपाटी क्षेत्रको सडक पनि कुरुपताको एउटा नमुना जस्तै प्रतित हुन्छ । यसतर्फ राज्यले किन ध्यान दीइरहेको छैन ?
।
४ महिने लकडाउन समाप्त हुदापनि यस क्षेत्रको सडक मर्मत संभारमा राज्यको कुनै चासो देखिएन । न त अब नै सरकार वा संम्बन्धित मन्त्रालयको घैटोमा घाम लाग्ने संकेत देखिएको छ । यो क्षेत्र राजधानीको अत्यन्तै ब्यस्त सडक मार्ग अन्तरगत पर्ने क्षेत्र हो । अन्य समय यहा सवारी आवगमनको अवस्थाले पनि काम गर्न सकिदैन । तर यो निषेधाज्ञामा सरकारले यस क्षेत्रको सडक मर्मत गर्न सक्ने प्रशस्त अवसर रहेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आवस्यक देखिन्छ ।