८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

उद्दारमा परिचालित बिमान नरोक्न सरकारसङ्ग पर्यटनमन्त्री भट्टराईको आग्रह


४ भाद्र २०७७, बिहिबार  

0
Shares

काठमाडौं, ४ भदौ । उद्धार फ्लाईट नरोक्न विशेष आग्रह गर्दै प्रस्ताव लैजाने पर्यटनमन्त्री योगेशकुमार भट्टराईको तयारी छ । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकमा यस्तो प्रस्ताव लैजाने मन्त्री भट्टराईको तयारी छ । आफूलाई थाहै नदिईकन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले उद्धार फ्लाईट स्थगित गरेकोमा भट्टराई रुष्ट छन् ।

उक्त समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन नपाएको समाचार बाहिर आएको थियो । घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू निराश भएर त्यहाँबाट फर्कनुपरेको र दुवई पुगेको जहाज रित्तै फर्किएको समाचार आएका थिए ।

सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार गरेको र यसबारेमा आफूसँग कुनै सहमति नलिईएको भन्दै मन्त्री भट्टराई उपप्रधानमन्त्री पोखरेलसँग रुष्ट छन् । आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकमा उद्धार उडान नियमित गर्नेगरि मन्त्रीले प्रस्ताव लैजाने बुझिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ७ : ०३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.