अनुज खड्का
भाद्र ०३, काठमान्डौ
उपत्यकामा आज राती १२ बजेबाट जारी हुने निशेधाज्ञा पहिले भन्दा पृथक हुने काठमान्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभएको छ । भूमे संञ्चारसङ्ग कुरा गर्दै दाहालले आजसम्म प्रशासनले आग्रह मात्रै गरेको तर अब भने कार्बाही नै गरिने बताउनुभएको हो । काठमान्डौमा पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेपछी प्रशासन निर्मम बन्नुपरेको उहाको धारणा रहेको छ ।
देशभरकै संक्रमणको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमान्डौ, ललितपुर र भक्तपुरको संयुक्त निर्णयमा आज राती १२ बजेबाट उपत्यकामा निशेधाज्ञा जारी गरिन लागेको हो । संक्रामक रोग अधिकार ऐन २०२० का अनुसार नै अबको प्रशासनिक कदम रहने हुदा तोकिएको अबधीसम्म घर बाहिर ननिस्कन आग्रह गरिको छ ।
“आजसम्म हामीले आग्रह गर्यौ, अब भने कार्वाही नै गरिने छ । हामी संक्रामक रोग अधिकार ऐन अन्तरगत नै अघि बढ्दैछौ, त्यसैले नागरिकले आफ्नो तहबाट सहयोग गरिदिनुहुन आग्रह गर्दछौ ।” प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो । उहास्ले थप्नुभयो “यो तपाई वा मेरो निम्ती मात्र होईन, समस्त मानव समाजको निम्ति हो । त्यसैले सबैले आ-आफ्नो ठाउबाट सचेतता अपनाईदिनुहोला ।” यसअघि नै दाहालले १७ बुदे आदेश नै जारी गरिसक्नुभएको छ ।
के हो संक्रामक रोग ऐन २०२० ? के छन यसका प्राब्धान ?
कुनैपनि सरुवा रोग वा महामारी नियन्त्रणका लागि बनेको ऐन नै संक्रामक रोग ऐन २०२० हो । यो ऐनको दफा २ मा विशेष व्यवस्था गर्ने अधिकार उल्लेख गरिएको छ । जसको उपदफा १ मा देशभर वा कुनै भागमा कुनै संक्रामक रोग उव्जेमा वा फैलिएमा नेपाल सरकारले सो रोग निर्मुल गर्न वा रोक्न सर्वसाधारण जनता वा कुनै व्यक्ति वा समुहमाथि लागु हुनेगरी आवाश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ । त्यस्तै सो रोग फैलिएको वा फैलने सम्भावना देखिएमा कुनै अधिकारीलाई मुकरर गरी आवाश्यक अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था छ । अहिले सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई यो अधिकार दिएको छ ।
के छ ऐनको विशेष अधिकारमा ?
(१) नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाई गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
(२) नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्नेछ ।
(३) उपदफा (१) वा (२) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफरगर्ने यात्रुको जा“चबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेकोछ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।
त्यस्तै ऐनको उपदफा ३ मा सजायको व्यवस्था छ । जसको उपदफा १ मा यो ऐन वा यस ऐन अन्र्तगत दीएको आदेश अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु एकसय सम्म रुपैयाँ जरिवाना वा दुवै हुने छ । त्यस्तै उपदफा २मा ऐन अन्र्तगत अधिकृत व्यक्तिलाई काममा वाधा पुर्याउनेलाई ६ महिना कैद वा रु ६ सय वा दुवै सजायको व्यवस्था छ ।
यस्तो छ सजाय ऐनमाः
(१) यो ऐन वा यस ऐन अन्तर्गत दीएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु। १००।– सम्मजरिबानावा दुवै सजाय हुनेछ।
(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महीना सम्म कैद वा रु। ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।