६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

ट्रम्पबारे मिसेल ओबामाको टिप्‍पणी : उनी राष्ट्रपतिका लागि अयोग्य व्यक्ति हुन्


३ भाद्र २०७७, बुधबार  


वासिङटन : अमेरिकामा चुनावका लागि मनोनयन अधिवेशन यही सोमबार हुँदैछ । आगामी नोभेम्बरमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जोए बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार हुन् भने बाइडेन डेमोक्रेटिकका उम्मेदवार ।

सोही क्रममा उपराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले ट्रम्पलाई ‘गलत राष्ट्रपति’ भन्दै टिप्पणी गरेकी छन् । ‘डोनल्ड ट्रम्प हाम्रो समयकै गलत राष्ट्रपति हुन्,’ मिसेल ओबामाले भनिन् । ओबामाले मनोनयन अधिवेशनको पहिलो रात आफ्‍नो महत्वपूर्ण भाषणको क्रममा यस्तो आरोप लगाएकी हुन् ।

‘जब हामीले यो ह्वाइट हाउसमा केही नेतृत्व, वा सान्त्वना, वा केही स्थिरताको प्रतीकका लागि हेर्यौँ भने, हामीले त्यसको सट्टामा त्यहाँ अराजकता, विभाजन र सहानुभुतिको अभाव पाउछौँ,’ ओबामाले भनिन् ।

पूर्वराष्ट्रपतिकी पत्नी मिसेलले राष्ट्रपति ट्रम्पमाथि सार्वजनिक रुपमै यति कडा आलोचना गरेको सम्भवतः पहिलो पटक हो । जहाँ उनले ट्रम्पलाई राष्ट्रपतिका लागि योग्यता, चरित्र र शालीनता केही नभएको व्यक्तिको रुपमा चित्रित गरेकी थिइन् ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार ७७ वर्षीय जोए बाइडेनले उपराष्ट्रपतिमा आप्रवासी अमेरिकी कमला ह्यारिसलाई चयन गरेका छन् । जसले गर्दा पनि अमेरिकामा रहेका आप्रवासी, अस्वेत, महिला र अल्पसंख्यकको ठूलो समूहले बाइडेनलाई समर्थन गर्न थालेको छ ।

यसको ठी विपरीत ट्रम्प महिला, अस्वेत र आप्रवासीहरुप्रति असहिष्णु देखिँदैआएका छन् । ट्रम्पले केही अफ्रिकन अमेरिकन महिलाहरुलाई त इंगित गर्दै उनीहरुलाई देश छाड्न चेतावनी दिएका थिए । यसैले पनि महिला तथा आप्रवासीका केही समूह ट्रम्पलाई हराउने अभियानमा नै छन् । पूर्व फस्र्ट लेडी मिसेल पनि पछिल्लो समय सार्वजनिक रुपमै ट्रम्प विरुद्ध लागेकी छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.