काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।
घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
वि.सं. ७ आश्विन १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेका कविता, नाटक, यात्रा, संस्मरण र निबन्धहरू प्रकाशित छन्।
राष्ट्रकवि घिमिरेले पद्मश्री साधना सम्मानलगायत विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन्।
उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर-किन्नरी, गौरी, मालती मंगले, राजेश्वरी, राष्ट्रनिर्माता, चारु चर्चा र आफ्नो बाँसुरी आफ्नै गीत लगायत कृतिहरू प्रकाशित भएका छन्।